बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेपालीको उद्धारका लागि केही दिनभित्रै नेपाल एयरलाइन्स राजधानी काबुल उड्ने

 ३२ श्रावण २०७८, सोमबार  

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स) को जहाज केही दिनभित्रै अफगानिस्तानको राजधानी काबुल उड्ने तयारीमा रहेको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमका नेपालीको उद्धारका लागि निगमका जहाज काबुल जाने तयारी अवस्थामा रहेको तर कहिले कसरी जाने भन्ने अझै यकिन भई नसकेको जानकारी दिए

उनका अनुसार निगमका दुई न्यारोबडी र एक वाइडबडी जहाजमार्फत दुई टिप गरेर नेपालीलाई स्वदेश फर्काइनेछ । अन्य गैरसरकारी संस्थाका कर्मचारीलाई भने निजी क्षेत्रका हवाई सेवा प्रदायकले दुबई हुँदै गन्तव्यमा उद्धार गर्ने जनाइएको छ ।

महाप्रबन्धक पौडेलले पछिल्लो पटक अफगानिस्तानको विमानस्थलमा भिडभाड र अस्थिरता बढेकाले त्यहाँका कतिपय उडान रद्द गरेकाले उद्धारमा केही कठिनाइ हुनसक्ने बताए ।

“अहिले अफगानिस्तान विमानस्थल अवरुद्ध छ, स्थिति नियन्त्रणमा नआएपछि त्यहाँको हवाई प्रशासनले काबुललगायतका विमानस्थल बन्द गराएको छ । नेपाल सरकार नेपालीको उद्धारको नियमित सम्पर्कमा छ । नेपालीहरू सुरक्षित रहेको जानकारी प्राप्त भएका छन् । निगम उद्धारका लागि तम्तयार अवस्थामा छ”, उनले भने ।

सरकारले उद्धार गर्नुपर्ने सङ्ख्या यकिन हुनासाथ तत्काल त्यसतर्फ जाने प्रक्रिया आरम्भ गरिने र सोका लागि बढीमा पाँच दिन लाग्ने निगमको भनाइ छ । केही नेपालीलाई रोजगारदाता कम्पनीले नै उद्धार गर्ने बताइएको छ ।

सिबी अधिकारी /रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै