मुख्यमन्त्रीको अभियानले साइकल नदिएपछि जिल्ला युवा सञ्जाल धनुषाद्वारा साइकल हस्तान्तरण

तनविर रेजा राइन,जनकपुर । अस्ति बेटी पढाउ बेटी बचाउ मुख्यमन्त्रीको अभियानले एक छात्रालाई साइकल नदिएपछि अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर जिल्ला युवा सञ्जाल धनुषाद्वारा साइकल हस्तान्तरण गरिएको छ ।
जनकपुरधाम वार्ड नम्बर ८ की लाडली खातुनलाई जिल्ला युवा सञ्जाल धनुषाले घरमै गएर साइकल हस्तान्तरण गरिएको हो ।
श्री जानकी मावि जनकपुरधाम बिद्यालयमा अस्ति साइकल वितरण कार्यक्रम रहेको थियो। सो कार्यक्रममा लाडली खातुनलाई भारतीय चेली भएकै कारण दिएन र खातुन हाल ९ कक्षामा अध्ययनरत छिन् ।
भारतको सितामढीबाट आएर बिगत ४५ बर्ष देखि बस्दै आएका मो. आलमको छोरी लाडली खातुन हुन् । “खातुन आफु नियमित विद्यालय आउने विद्यार्थी रहेकाले आफुलाई पनि साइकल पाउनु पर्ने” भनी आफ्नो पिडा मिडियामा राख्यो र लाडलीको रुदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका थिए । त्यो घटनालाई ध्यानाकर्षण गरेर र सबै विद्यार्थी खुशी हुनुपर्ने सोचका साथ आज जिल्ला युवा सञ्जाल धनुषाद्वारा एक थान साइकल, स्टेसनरीको समान र भविष्यमा अझै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउदै खातुनलाई साइकल हस्तान्तरण गरिएको संजालका महासचिव कुल्दिप साहले बताउनुभयो ।