बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

संघीयता आएको चार वर्ष नबित्दै प्रदेश २ मा चौथो प्रदेश प्रमुख

 १ भाद्र २०७८, मंगलवार  

काठमाडौं।  प्रदेश २ को चौथो प्रदेश प्रमुखको रुपमा कांग्रेस नेता तथा पूर्वसांसद हरिशंकर मिश्र नियुक्त भएका छन्। कांग्रेसका पुराना नेता मिश्र नेपाली कांग्रेसको कोटाबाट सिफारिश भएका हुन्। एमाले सरकारद्वारा नियुक्त राजेश झालाई प्रदेश प्रमुखबाट हटाउँदै शेरबहादुर देउवा सरकारले मिश्रलाई नियुक्त गर्न सिफारिश गरेको हो।

संघीयता आएको चार वर्ष नबित्दै राजनीतिक अस्थिरताका कारण प्रदेश-२ मा प्रदेश प्रमुख फेरबदल भइरहेको छ। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले आफैँ नियुक्त गरी ३/३ वटा प्रदेश प्रमुखलाई हटाइसकेका छन्। देउवा सरकारको रोजाईमा परेका ७६ वर्षीय मिश्र चौथा प्रदेश प्रमुख हुनेछ।

महोत्तरीको पिपरा गाउँपालिका स्थायी घर भएका हरिशंकर मिश्र नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन्। मिश्र नेपाली कांग्रेसबाट सांसदमा समेत निर्वाचित भएका थिए। जनकपुर चुरोट कारखाना लिमिटेडका संस्थापक समेत रहेका स्व. मिश्रले यस क्षेत्रको विकासका लागि निकै योगदान पुर्‍याएका थिए। स्व. मिश्रद्धारा स्थापित जचुकाली भवनमै हाल प्रदेश २ को कार्यपालिका सञ्चालित छ।

राजनीतिशास्त्रमा स्नातकोत्तर मिश्र बाल्यकालमा कक्षा-९ मा अध्ययनरत रहेकै बेला राजनीतिमा सक्रिय थिए। २०१९ मा बुवा जेल परेपछि मिश्रले नै प्रजातन्त्र दिवसको अवसरमा आन्दोलनको झण्डा फहराएका थिए। झण्डा फहराएको भन्दै मिश्रलाई समेत पक्राउ गरेर जलेश्वर कारागारमा राखिएको थियो। त्यसपछि अञ्चलाधीशले नाबालक ठहर गर्दै करिब दुई महिनापछि उनलाई रिहा गरेका थिए। त्यसपछि भारत प्रवासमै जीवन बिताएका थिए।

देशमा प्रजातन्त्रको पुर्नबहालीपछि २०४८ को संसदीय चुनावमा उनी महोत्तरी-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०५१ सालको निर्वाचनमा त्यही निर्वाचन क्षेत्रमा राप्रपाबाट चुनाव लडेका महेन्द्र रायसँग पराजित भएका थिए। त्यसपछि जिल्लाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिको रुपमा उनी चयन हुँदै आएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै