घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

अफगानस्तिानमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन पाकिस्तानको सहयोग

 १ भाद्र २०७८, मंगलवार  

काठमाडौं : अफगानस्तिानको काबुलमा अलपत्र नेपालीलाई स्थलमार्ग हुँदै पाकिस्तानबाट समेत फिर्ता ल्याउन सकिने भएको छ । सोमबार इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी विदेश मन्त्रालयसँग समन्वय गर्दै अफगान पाक स्थलमार्गबाट नेपालीहरु स्वदेश फर्कन पाउने व्यवस्था मिलाइएको जनाएका हुन् ।

तालिवानहरुले सत्ता कब्जा गरेपछि हाल अफगाननिस्तानबाट व्यवसायिक उडान अन्तराष्ट्रिय उडान अवरुद्ध छ । ‘अफगानस्तिानको जालालावाददेखि पाकिस्तानको तोरखाम सीमासम्म आउन समन्वय हुन सके पाकिस्तानबाट सहजै काठमाडौं जान सकिने कुराकानी भएको छ’ , राजदूत अधिकारीले भने, ‘तत्काल अनअराइभल भिसा दिइने र भिसाको पैसासमेत मिनाहा गर्न सकिने प्रबन्ध तय भएको छ ।’

यो नेपालीसहित अन्य देशका नागरिकका हकमा पनि मान्य हुनेछ । यसका लागि सहुलियत भिसा बढीमा एक महिनाका लागि मान्य हुने जनाइएको छ । जलालावाद तोरखाम दूरी ७० किलोमिटर छ ।

त्यहाँबाट पेसावर वा राउलपीण्डी हुँदै इस्लामावाद पुगेपछि जहाजबाट काठमाडौं फर्कन सम्भव हुन्छ ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै