बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

डा. अहिराजले सम्बोधन गर्दै भने “राज्यको सुविधा आफु नलिने त्यो सुविधा जनताको हुनुपर्छ”

 २ भाद्र २०७८, बुधबार  

तनविर रेजा राइन,जनकपुर।  प्रदेश-२ प्रमुख डा. राजेश अहिराजले बुधबार बिहान प्रदेशवासीका नाममा सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा अहिराजले अहिलेसम्म गरिरहेका काम र पछिल्लो अवस्थाबारे सार्वजनिक गरेका हुन् । प्रदेशवासीको नाममा गरिएको सम्बोधनमा प्रदेशवासीको जीवन रक्षा कायम बारे प्रष्ट बताएका छन् ।

तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपती विद्यादेवी भण्डारीबाट २०७७ फागुन ७ गते शुक्रवारको दिन डा. अहिराज प्रदेश २ प्रमुखमा नियुक्त भएका थिए ।  सो प्रमुख पदबाट डा. राजेश अहिराजले आज एक पत्रकार सम्मेलन गर्दै पदमुक्त  भएको बताएका छन् ।

अहिराजले भने,  “प्रदेश प्रमुखले पाउने राज्यको सुरक्षा सहितको सेवा सुविधा आफु नलिने र त्यो सुविधा जनताको लागि हुनु पर्ने साथै  शिरमा देश र मनमा मधेश राखेर आफु संविधान अनुसार काम गरेको र अगामि दिनमा समेत विभिन्न तवरबाट प्रदेशवासीको सेवामा रहने उनले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै