बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

तालिबानको सरकारमा महिलालाई सबै पक्ष सरकारमा सहभागी हुन आह्वान

 २ भाद्र २०७८, बुधबार  

तालिबान समूहले देशभर सबैलाई आममाफी दिने घोषणा गरेको छ। राजधानी काबुललाई नियन्त्रणमा लिएको दोस्रो दिन मंगलबार तालिबान समूहले अब गठन हुने सरकारमा महिलालाई पनि सहभागी हुन आह्वान गरेको छ।

देश छाड्न चाहनेको भीडका कारण अन्तर्राष्ट्रिय विमानस्थलमा अव्यवस्था र भागदौड भएको दोस्रो दिन तालिबान पक्षको यस्तो प्रतिक्रिया आएको हो। सन् १९९० को दशकमा अत्यन्त कडा कानुनका आधारमा शासन गरेको तालिबानले आफूलाई सुधारिएको देखाउन चाहेको छ तर सर्वसाधारण आश्वस्त हुन सकेका छैनन्।  राजधानी कब्जा गरेपछि सडकमा तालिबान समुहले कसैलाई पनि कुनै प्रकारको दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको छैन।

इनामुल्लाह समानगानीले अब मुलुकमा कसरी शासन चल्छ भन्ने विषयमा प्रतिक्रिया दिने क्रममा महिलालाई विभेद नगरिने र देशभर सबैलाई आममाफी दिइने बताए। ‘इस्लामिक इमिरेट्सले महिलालाई पीडित बनाउन चाहँदैन। सबै पक्ष सरकारमा सामेल हुनुपर्ने र सरकारी संरचनामा समेत सहभागी हुनुपर्छ,’ उनले भने।

तालिबानी प्रतिनिधि र अफगान सरकारका प्रतिनिधिबीच मंगलबार पनि वार्ता जारी छ।  वार्तामा आगामी शासन प्रणाली कस्तो रहने भन्ने विषयमा छलफल भएको बताइएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै