बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

ओलीको यस्तो छ पत्र माधव नेपाल सहित १४ सांसदलाई कारवाही

 २ भाद्र २०७८, बुधबार  

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धि अध्यादेशको प्रकृया अगाडि बढाएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल सहित १४ सांसदलाई हटाउन संसद सचिवायलमा पत्र पठाएका छन्।

संसद सचिवालयले ओलीको पत्र अनुसार आन्तरिक कारवाही पूरा गरेर १४ जनाको पद रिक्त भएको सूचना निकालेपछि निर्वाचन आयोगमा त्यस सम्बन्धी जानकारी गराइनेछ। पार्टीको निर्णय नमानी ह्वीप उल्लंघन गरेको भन्दै ओलीले यी सांसदमाथि कारवही गरेका हुन्।

पार्टीले कारबाहीका लागि सिफारिस गरेको भए पनि संसद सचिवालयले कानुनी आधार पुगे नपुगेको टुंगो नलाग्दासम्म कारबाही गर्न सक्दैन। संसद सचिवालयले कारबाही नगर्दासम्म १४ सांसदको पद रिक्त हुँदैन। सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएपछि ओली समूह माधव नेपाल समूहप्रति आक्रमक बनेको हो।

ओलीले हटाउन सिफारिस गरेका सांसद्हरु

ओलीले मध्यमार्गमा रहेका माधवकुमार नेपाल समूहका नेतालाई भने कारवाहीको प्रकृयामा सामेल गरेका छैनन्। को को छन् त कारवाहीको सूचीमा ?

सूचीमा माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाक्री, कल्याण खड्का, लक्ष्मीकुमारी चौधरी, मीरादेवी गैरे, कुश्वकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खातुन र मेटमणि चौधरी रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै