सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

विदेशीको इसाराबाट चल्ने अफगानिस्तान स्वतन्त्र हुन सफल

 २ भाद्र २०७८, बुधबार  

एजेन्सी ।  अफगानिस्तानमा कब्जा जमाएको तालिवानले देशलाई विदेशीको पञ्जाबाट मुक्त गर्न सफल भएकोमा गर्व लागेको बताएको छ ।

पत्रकार सम्मेलन गर्दै तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले अफगानी जनतामा बदलाको भावना नरहेको भन्दै आफूहरु बाह्य र आन्तरिक दुश्मनका विरुद्ध लड्ने बताएका छन् ।

उनले अफगानिस्तानलाई स्वतन्त्र गरेकोमा आफूहरुलाई गर्व लागेको भन्दै अफगान भूमि कसैका विरुद्ध प्रयोग गर्न नदिने र सबैखाले सुरक्षाको ग्यारेन्टी गरिने बताए । अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघलाई समेत तालिवानले अफगानिस्तान सुरक्षित रहेकाले ढुक्क हुन पनि अपील गरेको छ ।

महिलाहरुको हकमा भने शरिया कानुन र इस्लाम धर्म अनुसार अधिकार दिइने प्रवक्ताको भनाइ थियो । अफगानिस्तानका जनताको समृद्धिका लागि सवैलाई ब्यावसाय गर्न दिइने भन्दै मुजाहिदले अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा लगानी गर्न पनि आग्रह गरेका छन् । तालिवानले मिडियालाई पनि स्वतन्त्र रुपमा चल्न दिने बताएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै