बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

पत्रकारसंग अभद्र व्यवहार गर्ने प्रहरी विरुद्ध “नेपाल पत्रकार महासंघ प्रदेश २” ले माग्यो कारवाही 

 ७ भाद्र २०७८, सोमबार  

बीरगन्ज । नेपाल पत्रकार महासंघ प्रदेश २ ले पत्रकारहरुको मानमर्दन गर्ने र अभद्र व्यवहार गर्नेलाई कारवाहीको गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

विज्ञप्तिमा प्रदेश नं २ कै रौतहट जिल्लाबाट संचालित रौतहट एक्सप्रेसका संचालक पत्रकार महमद मोजिबुल्लाह तथा उनी चढेको मोटरसाइकलका चालक रौतहटको राजपुर न.पा.७ निवासी गुलाब समिम शेख अतिउल्लाह लाई गत साउन महिनाको ३२ गते रातको ८ बजे गौरको होटल ग्रिन सिग्नलबाट पक्राउ गरेको घटनाले रौतहट प्रहरीको प्रेस प्रति हेर्ने कुत्सीत मनोवृतिलाई उजागर गरेको छ ।

होटल अगाडि रोकिराखेको पत्रकारको मोटरसाइकलमा रौतहट प्रहरीकै अपराध अनुसन्धानमा खटिएका घुमुवा प्रहरी सहायक निरिक्षक उदय प्रसाद यादव, प्रहरी जवान मनोज साह लगायतका घुमुवा प्रहरी र अन्य आपराधिक प्रकृतिका व्यक्तिहरुले लागु औषध राखेर फसाउन खोजेको प्रमाणित सिसि क्यामेरा फोटोले गर्दा समेत निरापराध पत्रकार लगायतलाई हालसम्म पनि ससम्मान रिहा नगर्दा कानुनी शासनको खिल्ली उडेको छ ।

अत दोषीलाई कडा भन्दा कडा कारवाहीको दायरामा ल्याउन उच्च स्तरिय छानबिन समिती गठनको माग गर्नु भएको छ । अन्यथा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिदै सत्य र न्यायको पक्षमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले संचालन गर्ने जस्तोसुकै आन्दोलनमा प्रदेश समितीको ऐक्यबद्धता रहेको समेत जानकारी गराएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश कमिटी बाध्य भएर मानहानी र साईबर क्राइम अन्र्तगत कानुनी कारवाहीको लागि उत्रने चेतावनी दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै