बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

किन बस्दैछ एमाले स्थायी कमिटी बैठक ? यस्तो छ कारण

 ८ भाद्र २०७८, मंगलवार  

काठमाडौ ।  नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठक १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन केन्द्रित हुने बताइएको छ । सोमबार विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै