सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

लागू औषधसम्बन्धि क्रियाकलाप रोकथाम गर्न पहल गर्छुः मन्त्री शाह

 ८ भाद्र २०७८, मंगलवार  

धनुषा संवाददाता ।  ढल्केबर प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद शाहले पुर्ण जीवन नेपाल सुधार केन्द्रको अनुगमन गरेका छन्।

मन्त्री शाहले सोमबार साँझ धनुषाको मिथिला नगरपालिका-२ नक्टाझिज स्थित रहेको सुधार केन्द्रको अनुगमन गरेका हुन् । सो क्रममा उनले सुधार केन्द्रका सञ्चालकसँग सुधार केन्द्रको अवस्था, लागू औषध नियन्त्रणबारे छलफल गरेका थिए ।

अनुगमनको क्रममा मन्त्री शाहले प्रदेश २ मा लागू औषधसम्बन्धि क्रियाकलाप रोकथामको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । साथै उनले कुलतमा फसेका नागरिकहरुको व्यवस्थापन गर्ने बताए । सुधार केन्द्रका कार्यकारी निर्देशक अजितम पाण्डेले सुधार केन्द्रको अवस्थाबारे जानकारी दिएका थिए । लागू औषध नियन्त्रणका लागि पहल गरिदिन निर्देशक पाण्डले मन्त्री शाहलाई आग्रह गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै