सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

नेपाल रेडक्रसद्वारा आगलागी पिडितलाई राहत वितरण

 ९ भाद्र २०७८, बुधबार  

राजन बानिया। पर्साको धोबिनी गाउपालिका वडा नं ५ धोबिनी टोल जगरनाथपुरमा आगलागीबाट पिडित घर परिवारलाई नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाबाट ८ घर परिवारलाई तत्काल राहत उपलब्ध गराइएको छ ।

रेडक्रसको मुलमन्त्र जहा दुख त्यहाँ रेडक्रस अनुरुप नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले जिल्ला भरीको आगलागी पिडित परिवारलाई रेडक्रसको निति नियम अनुसार तत्काल राहत उपलब्ध गर्दै आएको साथै आउने दिनमा समेत राहत सामाग्रीको व्यवस्थापन गरेर जनतालाई सहयोग गर्ने कुरा रेडक्रस प्रदेश २ का कोषाध्यक्ष सल्लाउदिन अहम्मदले पिडितलाई जानकारी गराए
नेपाल रेडक्रस पर्साबाट आगलागी पिडित योगेन्द्र महरा चमार, लक्षुमण महरा चमार, रामायण महरा चमार, मदन महरा चमार, राजेश महरा चमार, नथुनी हजार, मंगल महरा चमार, ललन महरा चमार गरि ८ घर परिवारलाई तत्काल राहत उपलब्ध गराइएको छ ।

राहत वितरणमा रेडक्रस पर्साका उपकोषाध्यक्ष दयाशंकर सिह, वडाअध्यक्ष मनौवर अहम्मद, वडा सदस्य भोला अन्सारी लगायत स्थानीयको सहभागीता रहेको रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै