लोसपाबाट कस-कसले गराए सनाखत ?
न्युज डेस्क
९ भाद्र २०७८, बुधबार

काठमाडौं। प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी दर्ताको लागि सनाखत प्रक्रिया सकिएको छ। बुधबार बिहान साढे ११ बजेदेखि निर्वाचन आयोगमा भएको सनाखत प्रक्रिया सकिएको हो।
लोसपाबाट १४ सांसद र १७ साविकका कार्यकारिणी सदस्यले सनाखत गराएका छन्। सांसद रेशम चौधरीले भने कार्यकारिणी सदस्यको हैसियतल डिल्ली बजार कारागारबाट नै सनाखत गरेका हुन्। जसपा विभाजनका लागि ठाकुर पक्षले केन्द्रीय समिति र संसदीय दल दुवैतिर २० प्रतिशत पुर्याएको छ।
क-कसले गरे सनाखत ?
महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृझेचन्द्र लाल, जितेन्द्र प्रसाद सोनार, उपेन्द्रकान्त झा, चन्दा चौधरी,लक्ष्मण लाल कर्ण, राजकुमार लेखी, केशव कुमार झा, अकबहाल अहमत शाह, निर्जला राउत, सुनिल कुमार झा, दानबहादुर विश्वकर्मा र रेशम चौधरीले सनाखत गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै