सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

दुई दिनदेखि मुसलेधार पानी परेपछि प्रदेश-२ का नदी खोलामा बाढी

 १० भाद्र २०७८, बिहीबार  

१० भदौ, जनकपुर । दुई दिनदेखि मुसलेधार पानी परेपछि प्रदेश-२ का नदी खोलामा बाढी आएको छ ।

बुधबार बिहानदेखि नै लगातारको भीषण वर्षासँगै प्रदेश-२ का जिल्लामा रहेका कमला,दुधमती,रातो, विग्हि लगायतका नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् ।

अविरल वर्षासँगै प्रदेश-२ जिल्लाका सबै नदीमा बाढी आएको छ भने जिल्लाका धेरैजसो ठाउँमा बाढी पस्ने खतरा बढेको स्थानीयवासी बताउँछन् । नदीमा आएको बाढीपछि जिल्लाका नदी छेउछाउका दुई दर्जन बढी गाउँका बासिन्दा त्रसित भएका छन् । उनीहरु बाढीका बेला हुनसक्ने क्षतिविरुद्ध सतर्कता अपनाउनमा जुटेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै