बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

माधव नेपाललाई २० एमाले केन्द्रीय सदस्यले गरे टाटाबाइबाइ (सूचीसहित)

 १० भाद्र २०७८, बिहीबार  

काठमाडौं ।  माधव नेपाल पक्षमा रहेका एमालेका २० जना केन्द्रीय सदस्य एमालेतर्फ लागेका छन्।

लामो समयसम्म वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका नेताहरूले पार्टी विभाजन गर्ने उनको निर्णयमा साथ दिएनन्। सर्वोच्च अदालतले पार्टी पुनःस्थापना गरेयता ती नेताहरू आज पहिलो पटक एमालेको बैठकमा सहभागी हुँदै छन्।

सूची अनुसार भानुभक्त जोशी, झपट रावल, राजबहादुर बूढा, ठाकुर गैरे, रवीन्द्र अधिकारीलगायत नेता एमालेमै रहने भएका हुन्। यस्तै, नीरज आचार्य, श्रीमाया थकाली, सीता गिरी ओली, माधव अर्याल, सुरेन्द्र मानन्धर पनि एमालेमै बस्ने भएका हुन्।

यसैगरी अरुण नेपाल, रचना खड्का, रविन कोइराला, परशुमेघी गुरुङ, जीवन घिमिरे, धर्म निरौला, यज्ञराज सुनुवार, नरेश खरेल, हरिबहादुर राई र भाष्कर काफ्ले पनि एमालेमै आबद्ध हुने भएका हुन्। नेपाल पक्षका अरू थप नेता पनि एमालेतिरै आउने क्रम जारी रहेको उच्च स्रोतले दाबी गरेको छ।

यसअघि मंगलबार मात्र लामो समय नेपाल पक्षमा रहेका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, रघु पन्तलगायत १० नेता एमाले पुनःस्थापनायता पहिलो पटक पार्टीको स्थायी कमिटीमा सहभागी हुँदै एमालेमा एकताबद्ध भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै