बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

हरिनगरबाट एक महिलाको उद्घार

 १० भाद्र २०७८, बिहीबार  

जुगेश दास सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका दिन द्रुत प्रतिकार्य केन्द्र ( QRC) समुहले बेवारिसे अवस्थामा रहेको बृद्ध महिलाको उद्धार गरिएको छ।

गाउँपालिका अन्तर्गत रहेको हरिनगरा बजारमा बुधबार बेलुकी ७ बजेको समयमा बेबारिसे अवस्थामा रहेकोे महिलाको QRCसमुहले उद्घार गरिएको हो।

हरिनगर बजारमा बेवारिसे अवस्थामा वृद्ध महिला फेला परेपछि उक्त महिलालाई बुधबार साझको समयमा दिन द्रुत प्रतिकार्य केन्द्र( QRC) हरिनगरका समूहले वृद्ध महिला उद्घार गरिएको समुहका स्वास्थ संयोजक जय प्रकाश मेहताले बताए ।

वृद्ध महिला उद्घार कार्यमा हरि ओम जयसवाल, चन्दन मेहता, अरबिन्द मेहता र पुष्पा भगतको पहलका साथै हरिनगरा बजारका सहयोगि युवाहरुमा सुभाष देव , मनोज साह, दिपक साह, राजेश मालु, धिरज भगत, रितेश देव, हरिशकर मालाकार लगायत अन्य सहयोगी हातहरुको सहयोग र इलाका प्रहरी कार्यालयको सहयोगमा उक्त बेबारिसे वृद्ध महिलालाई माया घर इटहरीमा सम्पर्क गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै