बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

संवैधानिक इजलासबाट किन बाहिरिए प्रधानन्यायाधीश ?

 ११ भाद्र २०७८, शुक्रबार  

काठमाडौं ।  संवैधानिक परिषद‌्बाट भएका नियुक्ति बदर गर्नेसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहिरिने भएका छन् ।

नियुक्तिमा प्रधानन्यायाधीश पनि संलग्न रहेको भन्दै रिट निवेदकले इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा जुटेका थिए । स्राेतका अनुसार पेसी तोक्ने र फैसला गर्ने अन्तिम दिन प्रधानन्यायाधीश अनुपस्थित रहने गरी बाहिरिएका हुन् ।

संवैधानिक परिषदले गरेका नियुक्ति खारेजीसम्बन्धी मुद्दाको सुनुवाई अब राणाबिनाको संवैधानिक इजलासमा अर्को शुक्रवारलाई पेसी तोकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै