बाढीले बगाउँदा दुई जनाको मृत्यु, एक जना बेपत्ता
न्युज डेस्क
११ भाद्र २०७८, शुक्रबार

नवलपरासी। अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको मृत्यु भएको छ। बाढीले बगाएर एक जना बेपत्ता भएका छन्।
मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीप रहेका जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए। सुनवल नगरपालिका–१४ की एलिसा तामाङ बेपत्ता भएकी हुन्।
उनीहरूको शव केही तल खेतमा फेला परेको थियो। तामाङको अवस्था भने अहिलेसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिए। उनलाई पनि बाढीले बगाएको अनुमान प्रहरीको छ। रातिदेखिको भीषण वर्षाले पश्चिम नवलपरासीको परासी बजार डुबेको छ। परासी सबै बजार जलमग्न भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै