बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेपालमा कोरोनाबाट निको हुनेको दर ९४ प्रतिशत

 १२ भाद्र २०७८, शनिबार  

काठमाडौ ।  विगत २४ घण्टामा देशभर थप दुई हजार ६५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या आठ लाख ३८ हजार ९४८ पुगेको छ । तीमध्ये पीसीआर परीक्षणबाट सात लाख ५६ हजार ४९२ र एन्टिजेन परीक्षणबाट ८२ हजार ४५६ सङ्क्रमित थपिएका छन् ।

गत २४ घण्टामा थप दुई हजार ३३७ जना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा निको हुनेको सङ्ख्या सात लाख आठ हजार २३० पुगेको छ ।

यस्तै निको हुने दर ९३ दशमलव ६ रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार थप २५ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ६६३ पुगेको छ । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ७५२ जनाको पीसीआर तथा चार हजार ३६५ जनाको एन्टिजेन विधिबाट कुल १३ हजार ११७ जनाको नमुना परीक्षण भएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै