सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

नेकपा एस र लोसपा संघीय संसद्मा पाए स्थान, सचेतकले पाउने गाडी सुविधा

 १२ भाद्र २०७८, शनिबार  

काठमाडौं : नयाँ दर्ता भएका दुई पार्टीले संघीय संसद्मा स्थान पाएका छन् । निर्वाचन आयोगले शुक्रबार नेकपा (एस) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएको पत्र संसद् सचिवालयमा पठाएको थियो । पत्र प्राप्त भएपछि यी दुई पार्टीलाई पनि अन्य पार्टीको जस्तै सुविधा दिने तयारी भएको सचिवालयले जनाएको छ । अब यी दुई दलले पनि एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले जस्तै संसद् बैठकमा संसदीय दलको कार्यालय, प्रमुख सचेतकलाई इन्धनसहितको गाडी सुविधा पाउनेछन् । संसद्मा अब राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेका दलको सुविधा पाउनेको संख्या ६ पुगेको छ ।

संसद्मा १४ जना एमाले सांसद्लाई कारबाहीको पत्र आए पनि उनीहरुलाई सभामुखले कारबाही गरेको सूचना जारी नगर्दै संसद् सचिवालयले निर्वाचन आयोगको पत्रबमोजिम नयाँ पार्टीलाई स्थान दिन लागेको हो । एमाले विभाजन भई नेकपा (एस) र जसपा विभाजन भई लोसपा बनेका हुन् । समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा बने पनि उनीहरुले संसदीय दलका कार्यालय भने फरकफरक प्रयोग गर्दै आएका थिए ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै