सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

लोसपा पार्टीको कार्यकारिणी समितिको बैठक जारी, यो विषयमा हुदैछ छलफल

 १२ भाद्र २०७८, शनिबार  

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक पार्टी कार्यालयमा जारी रहेको छ।

बिहीबारदेखि जारी केन्द्रीय कार्यकारिणी समितिको बैठक आज दोस्रो दिन बबरमहलस्थित पार्टी कार्यालयमा जारी रहेको छ।

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरले गठन गरेको लोसपाले संगठन निर्माण तथा सुदृढीकरणलगायतका एजेण्डामा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए।

नयाँ पार्टी गठन भइसकेपछि प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म संगठनलाई पुनर्गठन गर्न कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै