घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

३२ औं वार्षिक साधारण सभा सम्पन्न

 १२ भाद्र २०७८, शनिबार  

संवाददाता : बाँके, १२ भदौ ।
बाँके युनेस्को क्लबले आफ्नो ३२ साधारण सभा सम्पन्न गरेको छ । नेपालगञ्ज उपमहानगर पालिका वडा नम्बर १ मा रहेको होटेल हाम्रो पाहुना घरमा आयोजना गरिएको थियो । कार्यक्रममा युनेस्को महासचिव मीना कुमारी तुलाधारले वार्षिक प्रतिवेदन तथा योजनाहरु प्रस्तुत गर्नु भएको थियो । महिला बालबालिका, गरीब, पीडित तथा विपन्नहरुको लागी युनेस्कोले गरेको काम र संस्थाको आगामी योजनाहरु बारे तुलाधरले बयान गर्नु भएको थियो ।

सोही कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाल्नु भएको मेयर धवल शम्शेर राणाले बाँके युनेस्कोले महिला, बालबालिका , तथा गरीब पीडितहरुको लागे ठुलो योगदान गरेको बताउनु भयो । निरन्तर ३२ वर्षसम्म समाजको लागि काम गर्नु निकै कठिन भएतपनी युनेस्कोले विभिन्न चुनौतीहरुको सामना गर्दै काम गरेको मेयर राणाको भनाइ थियो । आफ्नो मन्तव्यको क्रममा उहाँले कन्या शिक्षाको समेत जिकिर गर्नु भएको थियो । उहाँले भन्नू भयो, धार्मिक बन्धेजको कारणले वर्षौं देखी कन्याहरु शैक्षिक रुपमा पिछडिँदै आएका छन् । ऊनीहरुको शैक्षिक विकासका लागि उपमहानगरपालिकाले वडा नम्बर ४ मा विद्यालय खोलेर यस अभियानलाई अगाडि बढाइसकेको छ । सोही अभियानमा केन्द्रित रहेर विभिन्न संघ संस्थाहरुले समेत काम गर्नु पर्छ । धवल शम्शेर राणाले युनेस्कोले गरेको कामको प्रशंसा गर्दै आगामी दिनको लागि शुभकामना समेत दिनु भएको थियो । मुस्लिम समुदायका अगुवा एवं धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बाँके युनेस्कोको प्रशंसा गर्दै भन्नू भयो, नेपालमा मदरसा शिक्षालाई सरकारी मान्यताको लागि बाँके युनेस्कोले ठुलो भुमिका खेलेको छ । उहाँको अनुसार मदरसामा पढ्ने विद्यार्थीहरुलाई पहिला सरकारी विद्यालयमा भर्ना लिन सुरुबाट पढाई गर्नुपर्ने हुन्थ्यो जबकि युनेस्कोको अगुवाइमा आज मदरसा शिक्षाले सरकारी मान्यता प्राप्त गरेको छ । जब्बारले समाजको लागि काम गर्दै आएको युनेस्को शुभकामना ब्यक्ति गर्दै धन्यवाद समेत दिनु भएको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघ बाँकेको प्रतिनिधित्व गर्दै पत्रकार महासंग बाँके सचिव कमल डाँगीले समेत युनेस्कोले गरेको कामको बखान गर्दै भन्नू भयो कि बाँके युनेस्कोले बालबालिका , महिला तथा विपन्न वर्गको लागि काम गर्दा संधै मिडियालाई सहभागी गराउँदै आएको छ । जसबाट युनेस्कोले गरेको काममा पारदर्शिता रहेको भन्न सकिन्छ ।

बाँके युनेस्कोको निम्ति नेपाल राष्ट्रिय आयोगका सदस्य दिपक सर्काजीले बाँके युनेस्कोले गरेको धूम्रपान न्यूनीकरणको पहिलो अभियान देखीको संघर्ष बारे जिकिर गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा संस्थामा लगनशीलता पुर्वक काम गर्ने कर्मचारीहरुलाई संस्थाले सम्मान गरेको छ । उक्त कार्यक्रममा पत्रकार निरज गौतम , सिराज खान, साजिद सिद्दीकी, बालबालिका युवा र अन्य सामाजिक अभियानताहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै