स्थानीय सरकारले स्थानीय जनताको लागि लगानी गर्नुपर्छ : नेता हाकिम राईन
जनकपुर । स्थानीय विकासले स्थानीयवासीहरुको सम्पुर्ण चाहनालाई परिपूर्ति गर्ने भएकोले सबैलाई एकताबद्ध भएर स्थानीयको विकासमा लाग्नुपर्ने नेकपा एमालेका नेता तथा मुस्लिम अगुवा हाकिम राईनले बताउनुभएको छ ।
“स्थानीयको विकास आफैंमा प्रदेश परिवर्तनको सूचक हो भने प्रदेशको परिवर्तन देश विकासको एक माध्यम पनि हो” एक अन्तर्वार्ताबीच नेता राईनले प्रष्ट पार्न खोज्नुभएको हो ।
साथै स्थानीय विकासले समाजको परिवर्तनबाट सामाजिक विकास अवसरको परिवर्तनलाई सजिलै आत्मसात गर्दछ । स्थानीयको विकास गर्न शिक्षा, स्वास्थ्य, आयस्रोत, रोजगारी जस्ता तत्वहरूले महत्त्वपूर्ण भूमिका खेल्दछन् ।
स्थानीय सरकारले जनताको कल्याणको लागि लगानी गर्नुपर्दछ । स्थानीयको विकास भएमा समाजमा जनतालाई सेवा दिने अर्थात् जनतालाई चाहिएको कुरासँग सार्वजनिक नीति कार्यक्रम बनाएर सेवासुविधा दिने परम्परागत नीतिको विकास गर्नु पर्नेमा नेता राईनले जोड दिनुभएको छ ।
स्थानीय सरकारले कुनै कुनै काम जिम्मेवारी पुर्वक नगर्ने मात्र भ्रष्टाचारमा लाग्ने आफ्नो स्वार्थमा ध्यान दिने र जनताको लागि केही नगरेको उनको आरोप छ । उहाँ भन्छन्, “विकास निर्माण र स्थानीय काममा जनताको प्रत्यक्ष सहभागिता हुनुपर्छ। स्थानीय सरकारले जनताकै माग अनुसार विकास आयोजना छनोट गरेर जनताहरूकै कल्याणका लागि काम गर्नुपर्ने नेता राईनले बताउनुभएको छ ।