घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

जनकपुरमा युवाहरुद्वारा टायर बालेर प्रदर्शन

 १३ भाद्र २०७८, आईतवार  

भदौ १३, जनकपुरधाम। जीर्ण सडक मर्मत नगर्दा आवतजावतमा समस्या भएको भन्दै स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन् ।

आइतबार विहानदेखि जनकपुरधाम–युदकोहा सडकखण्ड अन्तर्गत जनकपुरधाम १ स्थित पुलचोकमा स्थानीय युवाहरुले सडक अवरुद्ध गरेका हुन् । स्थानीयले टायर बालेर र बाँस सडक अवरुद्ध गरेका छन्।

सडकमा भएका ठूलाठूला खाल्डोको मर्मत गर्न पटकपटक सम्बन्धित निकायलाई आग्रह गर्दा कुनैपनि चासो नदेखाएका कारण बाध्य भएर आन्दोलनमा उत्रनुपरेको स्थानीय युवाहरुको कथन थियो। उनीहरुले भने, अहिले लगातार वर्षा हुँदा खाल्डोमा पानी जमेर एकदमै समस्या भएको र खाल्डोमा पानी जम्दा पोखरीजस्तै बनेको बताएका थिए।


जनकपुरधाम–युदकोहा सम्मको सडक विगत लामो समयदेखि जीर्ण रहेको भएपनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन । जनकपुरधामका अधिकांश सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेकाले समेत सडकछेउका बासिन्दामा विभिन्न रोगको प्रकोप बढेको स्थानीय बासिन्दाहरुको भनाई रहेको छ ।

जनकपुरधाम–युदकोहा सम्म जाने बाटोको ठाउँठाउँमा सडक भत्केर खाल्डा भएका छन् । खाल्डामा पानी भरिएका कारण सवारी दुर्घटना बढेको छ । सो सडकमा हिलोका कारण हिँड्न नसक्ने अवस्था रहेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

यहाँका स्थानिय जनप्रतिनिधि देखि प्रदेश र केन्द्र सम्मका नेताहरु कमाउ धन्दामा व्यस्त भएकोले बाटो बनाउनमा अहिलेसम्म सम्बन्धित सरोकारवालाहरुले पहल नगरेको सो क्षेत्रका स्थानीयवासीहरुको कथन रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै