पत्रकारलाई कुटपिट गरेकोमा निश्पक्ष छानबिन गरि दोषीमाथि प्रेस युनियन बाराले गरे कार्वाहीको माग

भदौ १३, जनकपुरधाम। प्रदेश नम्बर २ को बारा जिल्लामा नेपाल प्रेस युनियन बाराले एक विज्ञप्ति जारी गर्दै पत्रकारलाई कुटपिट गरी घाईते बनाएको बिषयमा निश्पक्ष छानविन गरी दोषीमाथि कडा कार्वाहीका लागि युनियनले जोडदार माग गरेको अध्यक्ष श्यामबाबु प्रसाद यादवले बताउनुभयो।
विज्ञप्तिमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका निवासी रेडियो बादलका प्रवन्ध निर्देशक एवम पत्रकार महासंघ बाराका सधारण सदस्य नूर आलम बादशाहलाई आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारी र जनप्रतिनिधि समेतको मिलोमतोमा मरणासान्न हुने गरी कुटपिट भएको घटनामा नेपाल प्रेस युनियन बाराको गम्भीर ध्यानाकर्षण भएको छ।
घरमा बिरामी भएपछि गाँउपालिकाको एम्बुलेन्स माग गर्न गएको र चालक नभएपछि भएको विवादमा गाँउपालिकाका अध्यक्ष अन्सारीले पुनः साझ ५ बजे आफनै कार्यकक्षमा बोलाएर अध्यक्ष सहित पाँच जनाले आलमलाई कुटपिट गरी घाईते बनाएको बिषय निश्पक्ष छानविन गरी दोषीमाथि कडा कार्वाहीका लागि नेपाल प्रेस युनियन बाराले जोडदार माग गरेका छन् ।
लोकतन्त्र स्थापनामा अग्रणी भुमिका निर्वाह गरेका सञ्चारकर्मी माथि जनप्रतिनिधिहरुकै ईसारामा कुटपिट हुनु खेदजनक बिषय भएको बताउदै युनियनका अध्यक्ष श्यामबाबु प्रसाद यादवले सञ्चारकर्मी माथि भएकोे भौतिक आक्रमणकोे प्रेस स्वतन्त्रता विरोधी हरकतको युनियनले घोर निन्दा एवम् भत्र्सना गरेका छन्। साथै आक्रमण गर्नेहरुलाई तत्काल पक्राउ गरी कडा कानूनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
प्रेस स्वतन्त्रतामाथि आघात पुर्याउने तथा सञ्चारकर्मीहरूमाथि भौतिक आक्रमण गर्ने जोसुकै तत्वहरूलाई कानूनी कठघरामा ल्याउन र सञ्चार माध्यम र सञ्चारकर्मीको सुरक्षाका लागि विशेष व्यवस्था गर्न नेपाल प्रेस युनियन बाराले सरकारसंग माग गरेका छन् ल। दोषी उपर पक्राउ गरी कार्वाही नभए नेपाल प्रेस युनियन बारा आन्दोलन र जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुनुपर्ने अध्यक्ष श्यामबाबु प्रसाद यादवले बताए।