सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

राष्ट्रिय दलित पत्रकार संघको शाखा विस्तार तथा तदर्थ समिति गठन कार्यक्रम सम्पन्न

 १३ भाद्र २०७८, आईतवार  

स्मिथ रजक, भदौ १३ गते। रौतहटमा राष्ट्रिय दलित पत्रकार संघको शाखा विस्तार तथा तदर्थ समिति गठन कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहट शाखाको पहिलो अधिवेशन तथा जिल्ला भेला सम्पन्न गर्दै रौतहट का दलित पत्रकारहरु संगठित भएका हुन् । गरुडा नगरपालिका वडा नम्बर ४ स्थित होटेल एन पि स्टार मा सम्पन्न भएको कार्यक्रमले गौर एक्सप्रेसका संचालक स्मिथ रजक को अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।

समितिको अध्यक्ष मा राजेश पासवान(निर्माणी) सर्वसहमतिले चयन भएका छन भने उपाध्यक्षमा कटहरिया एफ.एम.समाचार वाचक दिपेन्द्र रजक चयन हुनुभएको छ।त्यसैगरी सचिव मा जितेन्द्र दास,सह.सचिवमा सुनिल रजक,कोषाअध्यक्ष मा प्रदिप दास र सदस्यहरुमा शम्भु दास,सरोज पासवान,कृष्णन्दन दास,शिवजि पासवान लगायत महिला सदस्यमा मन्जु शर्मा र अन्शु पासवान रहेकिछिन।

अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा ले नवगठित कार्यसमिति लाई बधाई दिदै दलित समुदायको न्याय का लागि पुर्ण इमानदारीता का साथ काम गर्न आग्रह समेत गरे। साथै कुनै पनि बेला राष्ट्रिय दलित पत्रकार संघ कम्जोर भएको अनुभुती भएमा नेपाल पत्रकार महासंघ लाई सम्झिन आग्रह गरे।

त्त्यस्तै राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाअध्यक्ष भोला पासवानले फेरिएको ब्यवस्था अनुरुप दलित समुदायको अवस्थालाई पनि परिवर्तन गर्न दलित पत्रकारहरु एकत्रित बन्नुको विकल्प नभएको बताए ।
यो भन्दा अघि संघको हालसम्म ६५ जिल्ला शाखा र देशभर झण्डै १५ सय दलित समुदायका पत्रकारहरु आवद्ध भइसकेका संघका केन्द्रीय उपाअध्यक्ष पासवानले बताए । संघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय, समावेशी विकासका साथै सूचनाको हक कार्यान्वयनको सवालमा भूमिका खेल्ने उनको भनाइ छ।

उक्त कार्यक्रमको प्रमुख अथितिमा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाअध्यक्ष भोला पासवान रहेका थिए भने बिशिस्ट अथिति रुपमा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा रहेका थिए।त्यसैगरी अथितिहरुमा नागरिक दैनिक का प्रतिनिधि रघु लामिछाने,दलित विकास समिति प्रदेश २ का सदस्य राजकुमार दास,गुजरा नगरपालिका का कार्यपालिका सदस्य पुनित राम लगायत दलित पत्रकार हरुको उपस्थिति समेत रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै