बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

कोरोनाकालमा मुस्लिम समुदायको योगदान

 १४ भाद्र २०७८, सोमबार  

साहिदा शाह, नेपालगन्ज । कोरोनाको जब सुरुआत भयो नेपालगंजमा एक जना मोज्जिनलाई पाजेटिभ आयो । त्यसपछि फैलिन लागेको सामप्रदायिकता रोक्न केही मुस्लिम कलमकार र मुस्लिम सामाजिक तथा धार्मिक अगुवाले अहम् भुमिका निर्वाह गरे ।

यसका साथै जमातीमाथि कोरोना फैलाएको र कोरोना पाजेटिभलाई मश्जिदमा राखेको आरोप लगाउन थालियो । तब विभिन्न कलमकारहरुले “यसको खण्डन गरी यथार्थ बाहिर ल्याएर र कोरोना एक विश्वव्यापी रुपमा फैलिएको महामारी हो जुनकि जो कसैलाई पनि लाग्न सक्छ” भनी साझा बुझाइ कायम गराउन टेवा पुर्याए । यसका साथै मुस्लिम आयोगले विभिन्न जिल्लामा अनुगमन समिति गठन गर्यो । जुन समितिले त्यस्तो बिषम परिस्थितिमा आफ्नो ज्यान जोखिममा हालेर देशका विभिन्न जिल्लामा मश्जिद मदरसालाई क्वारेन्टाईन बनाउन र मुस्लिमहरुको सामुहिक स्वाब परिक्षण गराउन बिना कुनै लोभलालच बिना तलबभत्ता र कुनै सेवासुविधा नपाएर पनि निकै मिहेनत गर्यो ।

त्यसमा पनि बांके जिल्ला जो हटस्पाट नै बनेको थियो कोरोना पाजेटिभको । त्यस्तो जिल्लामा रमजान शरीफको पावन महिनामा प्रचण्ड गर्मीमा रोजा बसेर रोजा बसेकाहरुको (एक थोपा पानी पनि नखाएर) दिनभरी घाममा उभिएर स्वाब परिक्षण गराई राज्यलाई सहयोग गर्यो । त्यसमा जमाती समुह तर्फबाट स्वर्गीय इम्तायाज साहबले निकै सकृय र सह्रनीय भुमिका निर्वाह गर्नुभयो । मुस्लिम आयोगले गठन गरेको समितिका सदस्य ( संयोजक अब्दुल हमिद सिद्दीकी, अब्दुल कवि, मेराज अहमद, इर्शाद राई र शाहिदा शाह लगायत) हरुले गर्दा जमाती समुह पछि अन्य मश्जिद , गुरुद्वारा वागेश्वरी मन्दिर लगायतमा रहनुहुने पदाधिकारी हरुको समेत स्वाब परिक्षण गराईयो । जसमा मुख्य भुमिका अब्दुल कवि(शक्ति कुमार) दाईको रहेको सर्वविदितै छ ।

यसका साथै तत्कालीन परिस्थितिमा स्वाब परिक्षण पश्चात कोरोना पाजेटिभ देखा परेका मुस्लिमहरुलाई आइसोलेशन राखियो । आइसोलेशनमा बसेका मुस्लिमहरु जसमा बुढापाका बालबालिका र गर्भवती महिला समेत रहेकी थिईन् । उनीहरुलाई रोजा बस्न सहज होस् भनी उनीहरुको सेहरी , इफ्तारी र आवश्यक औषधीहरु पुर्याउन पनि यही मुस्लिमहरु नै अघि सरेका थिए । जसमा नेपाल हज समितिका सदस्य मेराज अहमद र तिनको टीम ( फिरोज वारसी, अब्दुल हकीम, मुन्ना मन्सुरी, ज्याउल हक लगायत) ले ठुलो धनराशि खर्च गरी सम्पूर्ण राहत सामग्री व्यवस्थापन र वितरण गरेकाथिए ।

त्यति मात्र कहां हो र नेपालगंजभित्र विभिन्न ठांउमा कोरोनाकाल भरी गरीब मजदूर परिवारहरुलाई बिसौं लाखको राहत वितरण गर्ने पनि यही मुस्लिम समुदाय नै हो । माननीय पर्व मन्त्री इस्तीयाक राई ज्यूले समेत जिल्लाभरी लाखौं लाखको राहत खाद्य सामग्री वितरण गर्नुभयो ।

राहत वितरण गर्ने कार्यको सुरुआत नै मुस्लिम समुदाय (नेपालगंज मुस्लिम समाज) ले गरेको तर बिडम्बना नेपालगंजबासीहरुले मुस्लिमहरु यी योगदानको कदर भएन् । यहां सम्मकि कुनै संघसंस्था र निकायले समेत यी योगदान पुर्याउने व्यक्तिहरुलाई हेर्न सकेन् ।

अब कसैले यो भन्ला कि मलाई कुनै लोभ लालच छ होला कि म पनि राहत वितरण टीम थिए त्यसैले भन्दै छु वा कसैले भन्ला कि मुस्लिम आयोगको गठित जिल्ला स्तरीय अनुगमन समितिमा थिएं । त्यही भएर मैले मुस्लिम समुदायको योगदानका कुरा गर्दैछु ।

त सर्वप्रथम त यो भ्रम हटाईदिनुस् किनभने आयोगले कुनै भत्ता तलब दिएको थिएन् । यहां सम्म कि नेपालगंजको समितिले उत्कृष्ट काम गरेको खबर देश भरी नै सुनियो तथापि एकपल्ट आयोगले समितिका सदस्य लाई प्रसंशा र स्रहना गरेन् राज्यलाई सघाएको समितिलाई कहीं कतै कुनै मंचबाट धन्यवाद दिएन् । आयोगका अध्यक्ष वा सदस्यहरु एकपल्ट ती अनुगमन समितिका सदस्यहरु हौसला बढाउन त्यो सन्दर्भमा भेटघाट गर्न भ्याएन्न् , सेवासुविधा त परै जाओस् । जबमा अनुगमन समितिमा थिए तब त मैले आयोगले दिएको (मास्क सेनिटाइजर ग्लपस्) एक सामान लिईन् । उल्टा आफ्नो खल्तीबाट रिक्साभाडा, मास्क, सैनिटाइजर आदि खरिद गरेर समुदायका लागि दिनरात रोजा भोकतिर्खा नभनी खटिरहे भने ।

मलाई आज के लोभ हुने हो मैले त अन्तरात्माले भनेका कुरा साझा मात्र गरिदिए । किनभने जसले योगदान गरेका छन् तिनीहरुलाई निस्वार्थ रुपले समुदायका लागि अझ् हौसला मिलोस् उनीहरु अझ् सकृय भएर समुदायमा योगदान पुर्याउन भन्ने आशयले यो खुलासा गरिदिए । देशभरी नै मुस्लिमहरुलाई राहत वितरण कार्यमा अघि बढेर सहयोग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै