घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

कोरोना खोप लगाएकी एक महिलाको मृत्यु

 १४ भाद्र २०७८, सोमबार  

काठमाडौं। न्यूजिल्याण्डमा कोरोना खोप लगाएकी एक महिलाको मृत्यु भएको छ। न्यूनिल्याण्डको स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिकामा उत्पादन भएको फाइजर खोप लगाएपछि उक्त महिलाको मृत्यु भएको हो।

न्यूजिल्याण्डको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै रोयसर्टले दिएको जानकारी अनुसार खोप लगाएपछि महिलाको मुटुको मांशपेसी सुन्निएको थियो। यसैको प्रभावले ती महिलाको मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रालयले खोप लगाएका कारण मृत्य हुने महिलाको परिचय उमेर गोप्य राखेको छ। महिलाको मृत्युको कारण फाइजर खोपको एक दुर्भल साइड इफेक्ट मायोकार्डिटिस रहेको ठहर न्यूजिल्याण्डको भ्याक्सिन मनिटरिङ प्यालनले गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै