जनकपुरका मेयरले आफ्नो खुट्टामा नगरप्रहरीलाई जब ढोग्न लगाए
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लाल किशोर साहले नगर प्रहरीलाई आफ्नो खुट्टामा ढोग्न लगाएका छन् ।
नगर प्रमुख साह काठमाडौबाट ठाकुर- महतोको समुह छाडेर उपेन्द्र यादवको समुहमा प्रवेश गरेर आइतबार साझ जनकपुर विमानस्थलमा अवतरण गर्नुभएको थियो ।
विमानस्थलमै उनलाई मालाले स्वागत भएको थियो । मेयर साहलाई उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीले माला लगाउदै उनको खुट्टा ढोगेका छन् ।
विगतमा पनि नगर प्रहरीहरुलाई आफ्नो व्यक्तिगत काममा लगाउदै आएको पाइन्छ । समुह परिवर्तन गरेपछि नगर प्रमुख जनकपुरधाममा एकलै भएपछि करारमा राखिएको नगर प्रहरीहरूलाई विमानस्थलमा माला लिएर आउन र ढोग्न नगर प्रमुखले निर्देशन दिएको थियो । आफूहरुलाई विमानस्थल आउन र नआउनेलाई जागिरबाट हटाई दिने भनेपछि हामी डरले विमानस्थल गएका थियौं र उँहाकै निर्देशनमा हामीले ढोगेका थियौं एक नगर प्रहरीले नाम नखोल्न सर्तमा बताएका छन् ।
मेयर साहले नगरप्रहरीलाई आफ्नो खुट्टामा ढोग्न लगाएपछि देशभरका नेपाल प्रहरीको अपमानित भएको छ । साथै न्याय पाउन प्रहरी सामु जाने जनताको विश्वास अब प्रहरीमाथि नहुने भएको छ ।