घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

भौतिक उपस्थितिमै १५ गतेदेखि विद्यालय खोल्ने निर्णय

 १४ भाद्र २०७८, सोमबार  

काठमाण्डौ। सामाजिक एवं भौतिक दुरीको पालना तथा स्वास्थ्य र सुरक्षाका सबै मापदण्डहरूलाई पालना गरी पूर्ण सतर्कता र सजगता साथ गोकर्णेश्वर नगरपालिका भित्रका सबै विद्यालयहरू १५ गते देखि खोल्ने निर्णय गरिएको छ । नगर शिक्षा समितिको बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो ।

११ गते भएको नगरपालिका भित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, राजनीतिक दलका पदाधिकारी, वडा अध्यक्ष लगायत सरोकारवालको बृहत छलफलमा सबै विद्यालय शिक्षालय भौतिक उपस्थितिमै सञ्चालन गर्न सुझाव आएको हुँदा शिक्षा समितिले विद्यालय भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा समितिले एक सूचना जारी गरी जानकारी दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै