बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

एमसीसीे एक विकास परियोजना भएकाले हाम्रो मुलुकलाई जरुरी छ : कानुनमन्त्री कार्की

 १४ भाद्र २०७८, सोमबार  

बिराटनगर। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीे एक विकास परियोजना भएकाले नेपालका लागि जरुरी रहेको बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुरा गर्दै उनले नेपाल विकासउन्मुख मुलुक रहेकोले अमेरिकाले नेपालको बिकासकालगि प्रदान गरेको उक्त परियोजना नेपालका लागि उपयुक्त र जरुरी रहेको बताएका छन् । मन्त्री कार्कीले उक्त विषयमा दलसँग छलफल गरेर मात्र पारित गर्ने बताएका छन् ।

मन्त्री कार्कीले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने पनि प्रष्ट पारेका छन् । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको जानकारी दिए।।

समयको महत्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरी दिगो विकासका कार्य गर्ने प्रष्ट पारेको उनले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यक्ता र बाध्यताले ल्याइएकाले आगामी अधिवेशनमा यस सम्बन्धमा छलफल हुने जानकारी दिए । 

तर मन्त्रीले निर्वाचित भएको क्षेत्र सुनसरीको ४ नम्बर निर्वाचन क्षेत्रमा स्थानीय युवा, समाजका बुद्धिजीवीले एमसीसी विरुद्ध प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनमा एमसिसी मूर्दावाद, अमेरिकाका मतियार होसियार होसियार, देश बेच्न पाइँदैन, भ्रष्ट सरकार चाइँदैन जस्ता नाराका साथ बिरोध गर्दै आएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै