बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

दश मुहर्रमको अन्धविश्वास

 १४ भाद्र २०७८, सोमबार  

अजमल अन्सारी
भदाै १४, सुनसरी। १० औं मुहर्रमको दिन इस्लामिक धर्मशास्त्रमा धेरै महत्त्वपूर्ण छ। यसको महत्व हजरत इब्राहिम अलैही वसल्लमको युग देखिनै चलि आएको इतिहास देखि थाहा हुन आउछ, तर हालका दिनमा समाजको यो एउटा तितो वास्तविकता होकि जति महत्त्व यसदिनको रहेको छ त्यो भन्दा धेरै हामी यसदिन विभिन्न खाले अनापसनाप बकवास खेल तमाशा बिताइरहेका छन ।

यसदिन हजरत हुसैन रजिले सहादत प्राप्त गर्नुभएकोले हामी उहाँको शोकमा उपवास बस्छौ शोक मनाउछौ वा कुनै राम्रो काम गर्छौ आदि इत्यादि यद्यपि कुरान र हदीसमा यसबारे केही उल्लेख भएको छैन यो कसरी सम्भव हुन सक्छ तपाइँ हजरत हुसेन रजि सहादत भएको घटना मा विचार गर्नुहोस् उहाको सहादत सन ६१ हिजरीमा भएको थियो। लगभग हजरत मुहम्मद सल्लल्लाहु अलैही वसल्लमको मृत्युको ५० बर्ष पछि, रसूलसल्लल्लाहु अलैही वसल्लम र उहाका साथी सहाबाले १० मुहरमको उपवास राख्नुभएका थिए साथै कुरआन मजीदमा पनि यसको महत्त्वलाई दर्शायको छ।यीसबै कुराबाट थाहा हुन्छ योमहिनाको महत्त्व हजरत हुसेनको सहादतको कारण नभई अरुनै रहेको छ।

हदीस मा वर्णन गरीएको छकि अल्लाह तआलाले यहि दिन फिरओन लाई डुबाएर हजरत मुसा अलएही वसल्लमलाई बचाउनु भएको थियो। अरु पनि विभिन्न कारण हुनसक्छन् जो हाम्रो ज्ञानमा छैन यो दिनको महत्त्व पहिले देखिनै इस्लाममा रहेको छ, यहीँ दिन हजरत हुसेन शहीद हुनु यसले उहाँको महिमा र महत्वलाई दर्शाउछ ।

-हजरत हुसेनको नाममा गरिने अन्धविश्वासको वास्तविकता

हजरत हुसेन इब्नअली अन्तिम दुत मुहम्मद सल्लल्लाहु अलैही वसल्लमकि प्यारी छोरी हजरत फातिमाकी छोरा हुन् । रसूल सल्लल्लाहु अलैही वसल्लम हजरत हुसेनलाई अतिनै माया गर्नुहुन्थ्यो जब उहाँको उमेर सात बर्ष पुग्यो तब रसूल सल्लल्लाहु अलैही वसल्लमको मृत्यु भएको थियो फेरि हजरत अबूबकर खलीफा बन्नुभयो त्यसपछि हजरत उमर, हजरत उस्मान र हजरत अली उहाँपछि केहि महिना हजरत हसन इब्न अली फेरि हजरत मआविया ,रसूलसल्लल्लाहु अलैही वसल्लमको मृत्युको पचास बर्ष पछि यजीदको जमानामा उहाँ सहिद हुनु भएका थिए ।

हजरत हुसेन को शहादत को घटना निकै दु:खद रहेको छ। यजीद जो शासनका लागि अयोग्य थियो सोही कारण उहाले उसको हातमा बैअत गर्नुभएन त्यसैले उनीहरु जो आफुलाई मुसलमान भन्थे तर सत्ताको लालचमा रसूल सल्लल्लाहु अलैही वसल्लमको नातीलाई आफ्नो दुश्मन बनाउन देखि पनि पछि हटेनन्। उनले हजरत हुसेनसंग र उनको सम्पुर्ण परिवारका सबै सदस्यलाई घेरा बन्दी गरे, उहाँ बिरुद्ध लडाइ लडे, उहाँले उनीहरु विरुद्ध बहादुरी र साहसको साथ लडाई लडे तर १० मुहररमको दिन उहाँले आफ्ना केही साथीकासाथ सहादत प्राप्त गर्नुभयो।

हजरत हुसेनको सहादत पछि, याजीदका चेलाहरुले नाँचगान सडकमा जुलुश निकालेर खुशी मनाए। आज जो, जसले हजरत हुसेनसंग माया गर्ने दाबी गर्छन् ,हजरत हुसेनका दुश्मनहरुझै बाजा गाजा बजाउँछन् र त्यही कार्य गर्छन् जो हुसेनका हत्यारा गरेका थिए।

अब गहिरो चिन्तन गर्नुस् , यदि तपाइँ हजरत हुसेनका हत्याराका साथ हुनुहुन्न भने तपाइँ किन त्यस दिन ती मानिसझै ढोल बाजा बजाउनु हुन्छ ? जुलुश किन निकाल्नु हुन्छ ? किन तपाइँको यहाँ हर त्यो कार्य हुन्छ जुनकार्य हुसेनका हत्याराहरु आफ्नो घरमा गर्छन । एक तर्फ तपाई नबीसंग मायाको दावा गर्नुहुन्छ भने किन अर्को तर्फ उनीहरुको जात्रा मेलामा गएर आफ्नो उपस्थिति जनाउनु हुन्छ ? तपाईं भोलि अल्लाहको दरवारमा के जवाफ दिनु हुन्छ के तपाईंको हृदयमा अल्लाह इश्वरको कुनै डरछैन ? आखिर किन गलत (बुराई)को साथ उभिनु भएको छ ? के इस्लाम यसैको नाम हो ?

यदि तपाइँ हजरत हुसेनको शोक मनाउने गर्नुहुन्छ भने सुन्नुहोस् त्यसताका लागि कुरआनले के भन्छ, कुरआनले भन्छ यस्तो मौकामा धैर्यताको ताकेता गर्छ, साथै कुरआन शहीदलाई मृत नठान्न भन्छ , अल्लाह को नजरमा उनीहरु जीवित छन्, शोक र शोक व्यक्त गर्नको लागि यो विलाप जस्ता सबै चिजलाई कुरआनले रोकेको छ, साथै यस्ता कार्य इस्लाममा (हराम) गलत छन्।

हराम भनेक के हो ? हराम भनेको थाहा छ भने जानीजानी हराम कार्यतिर किन अग्रसर हुनुहुन्छ यदि हराम भनेको के हो थाहा छैन भने थाहा गर्नुस इस्लामको मामलामा धेरै अहंकारी नबन्नुस । यदि तपाईं स्वयम् केही गर्नु हुदैन भने त्यस्ता व्यक्तिको साथ र समर्थन पनि नदिनुस किनभने कुरआनमा भनिएको छ।
‘لا تعاونوا علی الاثم والعدوان”

“यदि साथ दिनुहुन्छ भने याद राख्नु होला तपाई पनि त्यो (गुनाह) पापमा त्यतिनै भागेदार हुनुहुन्छ जति तिनीहरु छन”।

आजभोलि यसअवसरमा सरकारबाट मुहरररम मनाउन पैसा तथा समर्थन प्राप्त हुन थालेको छ । हाम्रा राजनैतिक नेताहरु भोटको लागी हलाल हराममा कुनै भिन्नता गर्दैनन् उनिहरुलाई केवल भोट चाहिएको छ जुन खुराफातलाई हटाउनु पर्ने थियो त्यसैलाई भोट माग्ने हतियार बनाईएको छ। अहिले आएर जबकि धेरै जसो मुस्लिम प्रतिनिधिहरुले मुस्लिमको प्रतिनिधित्व गरिरहेका छन् र पनि इस्लामको यो परिचय पस्किरहेका छन् भने ईद र बक्रईदमा सार्वजनिक विदा सरकारसंग लिन नसकेको अवस्थामा मुहररमलाई पर्वमानी स्थानिय विदा दिने गरेको छ। जबकि इस्लाममा मात्र दुई चाडहरु छन् इदुल अजहा र इदुल फित्र।

मुहर्रम कुनै पर्वको महिना होइन, यो इस्लामी हिजरी वर्षको पहिलो महिना मात्र हो। सम्पूर्ण इस्लामिक संसारमा, मुसलमानहरु मुहर्रम को ९ र १० मा उपवास अर्थात रोजा बसिन्छन्। किनभने यो मिति इस्लामी इतिहासमा धेरै विशेष मिति हो। यसै मितीमा मूसा अलैहिस्सलाम लाई फिरऔनबाट स्वतन्त्रता प्राप्त भएको थियो। जसको खुसियालीमा तत्कालीन मुसलमानहरू अल्लाहले दिएको आदेश अनुसार ब्रत बस्ने गर्थे। अनि अंतिम रसूलुल्लाहले पनि मुसलमानहरूलाई ब्रत बस्ने आदेश दिनुभयो।

अन्तमा मुहररम को दसौं दिनको महत्त्व शुरूबाट चलि आएको छ, त्यसैले यी दिनहरुमा हामीलाई राम्रो कर्महरु गर्नु पर्छ र प्रचलित अन्धविश्वास बाट बच्नु पर्छ। अल्लाह हामीसबैलाई सहिकार्य गर्न मद्दत गरून्। आमीन

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै