बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्रदेश १ मा ५७४ जनामा कोराना संक्रमित थपिए, १० जनाको मृत्यु

 १४ भाद्र २०७८, सोमबार  

सुनसरी। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार २८१ ज्नाको पीसीआर परीक्षण गर्दा ४१० जनामा संक्रमण पुष्टि भएको छ भने ७५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७१, मोरङमा ९८, सुनसरीमा ९६, इलाममा १२, उदयपुरमा १०, धनकुटामा ८, पाँचथरमा ३, संखुवासभा र भोजपुरमा २–२, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा ४८, दमकमा २८, भद्रपुरमा २०, शिवसताक्षीमा १८, अर्जुनधारामा १२, मेचीनगर र कनकाईमा १०–१०, बुद्धशान्ति र कमल गाउँपालिका ९–९, बाह्रदशीमा ४, हल्दिबारीमा २ र स्थानीय तह नखुलेका १ जना छन् । यस्तै, मोरङको विराटनगरमा ४२, बेलबारीमा २२, सुन्दरहरैचामा १४, उर्लाबारीमा ६, बुढीगंगामा ५, पथरीशनिश्चरेमा ३, कानेपोखरी र ग्रामथानमा २–२, रतुवामाई र लेटाङमा १–१ जना छन् ।

त्यस्तै, सुनसरीको इटहरीमा ६६, धरानमा १९, दुहवी र इनरुवामा ३–३, रामधुनीमा २, बर्जु, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१ जना छन् भने इलामको सुर्योदयमा ३, देउमाई, इलाम नगरपालिका, रोङ र चुलाचुलीमा २–२, स्थानीय तह नखुलेका १, उदयपुरको बेलकामा ४, चौदण्डीगढीमा ३, त्रियुगा, उदयपुरगढी र स्थानीय तह नखुलेका १–१ जना छन् ।

यसैगरी धनकुटाको धनकुटा नगरपालिकामा ८, पाँचथरको फिदिम, हिलिहाङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा २, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोला, ते¥हथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९० महिला र १९८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ८ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै