बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

आज पनि सत्ता गठबन्धनको बैठक, मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्ने

 १५ भाद्र २०७८, मंगलवार  

काठमाडौं। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ।मंगलबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाइएको छ।

केही दिनयता लगातार गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू मंगलबार पनि छलफलमा जुटिरहेका छन्।गठबन्धनमा आबद्ध दलहरूबीच आज मन्त्रालयको भागबन्डा टुङ्ग्याउने र भोलि सम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको छ।

एकीकृत समाजवादी दल दर्ता भएपछि पहिलो पटक सोमबार गठबन्धनको औपचारिक बैठक बसे पनि केही दिनदेखि अनौपचारिक छलफलहरू जारी थिए।

अहिले गठबन्धनमा आबद्ध दलहरूबीच महत्त्वपूर्ण मन्त्रालयको बाँडफाँट, मन्त्रालयको सङ्ख्यालगायतका विषयमा कुरा मिलिसकेको छैन।

गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै