सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

भारत-नेपाल वल्मा सम्मेलन सम्पन्न , वल्मालाई गरे नेपाली चिनोले सम्मानित

 १५ भाद्र २०७८, मंगलवार  

समीर अली बेहना
भदौ १५, बाँके। नेपाल भारत वल्मा सम्मेलन भव्यताको साथ सम्पन्न भएको छ । भारतको बरेली शहरमा दरगाहे आला हजरतद्वारा आयोजना गरिएको सम्मेलन नेपाली नागरिकहरुको शैक्षिक, सामाजिक, धार्मिक र आर्थिक विकासमा केन्द्रित भएर छलफल गरिएको छ । नेपाल र भारत बीचको सम्बन्धलाई अझै निकटता प्रदान गर्न उक्त सम्मेलनको आयोजना गरिएको दरगाहे आला हजरतका जर्नल सेक्रेटरी तथा दारूल उलूम मञ्जरे ईस्लामको अध्यापक सलीम नूरीले बताउनुभयो ।

अध्यापक नूरीले भने, दरगाहे आला हजरतका सज्जादा नशीन सूफी सुबहान रजा खान सुबहानी मियाँले लामो समय देखी नेपाल र भारत बीचको धार्मिक सम्बन्धलाई बलियो बनाउन प्रयास गरिएको बताउदै उहाँले गत वर्ष नेपालमा एउटा प्रतिनिधि मण्डल पठाएर नेपालको आर्थिक सामाजिक धार्मिक स्थिति बारे जानकारी प्राप्त गर्नुभयो । नेपालको अत्यधिक नागरिकहरु पिछडिएकोले राष्ट्रिय वल्मा काउन्सिल नेपालसंग समन्वय गरी नेपाली नागरिकहरुको विकासका निम्ति दरगाह आला हजरतले हाथ बढाएको उहाँले बताउनुभयो ।

उक्त सम्मेलनले नेपाल र भारत बीचको सम्बन्धलाई अझै बलियो बनाउनेछ भन्ने उहाँको भनाइ थियो । दुबै देशको वल्मा सम्मेलनले नेपालका विभिन्न जिल्लामा रहेको गरीब पीडित असाहायहरुको विकासका लागि काम गर्ने बताइएको छ ।

नेपाल वल्मा काउन्सिलका केन्द्रीय अध्यक्ष सय्यद गुलाम हुशैन मजहरीले सभालाई सम्बोधन गर्दै भने, राष्ट्रिय वल्मा काउन्सिल नेपाल र दरगाहे आला हजरत बीचको यस सम्बन्धले नेपाली नागरिकहरुको विकासका लागि काम गर्न निकै सरलता प्रदान गर्नेछ । लामो समय देखि नेपाल र भारत बीचको धार्मिक निकटता गुमिएको जस्तो अनुभुती हुँदै आएको थियो तर यस सम्मेलनले सो सम्बन्धलाई पुनः जीवन प्रदान गरेको छ । नेपालमा सूफी बिचारधाराको लामो इतिहास छ जसमध्ये  मुफित-ए आजिमे हिन्दले गरेको कामलाई अहिले पनि हेर्न सकिन्छ । उहाँले शैक्षिक विकासका निम्ति नेपालमा विभिन्न मदरसाहरुको शिलान्यास गर्नु भएको थियो । उक्त मदरसाहरुमा पढेर अहिले पनि वल्माहरुले सामाजिक काम गरि रहेका छन् । सम्मेलनले हामी नेपाली वल्माहरुमा अझै उर्जा थपेको उहाँको भनाइ थियो।

त्यस्तै राष्ट्रिय वल्मा काउन्सिल नेपालका जर्नल सेक्रेटरी मौलाना नूर मोहम्मदले राष्ट्रिय वल्मा काउन्सिल नेपाल गठन भएदेखि काम गर्न सजिलो भएको बताए । नूर मोहम्मदका अनुसार नेपाल भारत  वल्मा सम्मेलनबाट बनेको सम्बन्धले आर्थिक सामाजिक धार्मिक र शैक्षिक रूपमा पिछडिएको नेपाली नागरिकहरुलाई सहयोग गर्न दरगाहे आला हजरतले निकै ठुलो भुमिका खेल्नेछ । सोही सम्मेलन कार्यक्रममा दरगाहे आला हजरतका सज्जादा नशीन सूफी सुबहान रजा खान सुबहानी मियाँले नेपाली वल्माहरु दोसाला र कदरपत्र सहित सम्मानित गर्नु भएको थियो भने नेपाली वल्माहरुले नेपाली टोपी र खादा सहित नेपालको तर्फबाटबाट मायाको चिनो प्रदान गरेर सम्मानित गरेको थिए ।

उक्त कार्यक्रममा नेपाली वल्मा मौलाना व मुफ्ती मोहम्मद कैफुल्वरा मिस्बाही, मौलाना नशीरुद्दीन अन्सारी भारतीय वल्मा मुफ्ती नाशीर कुरैशी, ईस्लामिया गर्ल्स इन्टर कलेजका प्रमुख डा नासिर बेग लगायत वल्माको उपस्तिथि रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै