बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

काम नलाग्ने ७३ विमान र ७० गाडी अमेरिकाले अफगानिस्तानमै छाड्यो, कसैले फेरि प्रयोग गर्न नसक्ने

 १५ भाद्र २०७८, मंगलवार  

१५ भदौ, एजेन्सी ।  अमेरिकी सेनाले अफगानिस्तानको काबुल विमानस्थलमा कयौं विमान र सैन्य गाडी छाडेर गएको छ। तर, छाडिएका साधनहरु काम नलाग्ने बनाइएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख जनरल केनेथ मेकेन्जीले अमेरिकाले ७३ एयरक्राफ्ट, ७० बख्तरबन्द गाडी र २७ अन्य ठूला साधनलाई काम नलाग्ने बनाएको बताए । उनले भने, ’यी एरक्राफ्ट फेरि कहिले पनि उड्न सक्ने छैनन्, ती साधनलाई कसैले फेरि प्रयोग गर्न सक्दैनन्।’

अमेरिकी सैनिकले काबुल छाडेपछि अमेरिकी पत्रिका लस एन्जेल्स टाइम्सका एक रिपोर्टरले विमानस्थलको एक भिडियो पोस्ट गरेका छन्। जसमा तालिबान लडाकु विमानस्थलको ह्यांगरमा पुगेर अमेरिकी विमानलाई छोइरहेका छन्।

अमेरिकाले आफ्नो अत्याधुनिक रकेट प्रतिरक्षा सिस्टमलाई पनि निष्क्रिय गरेर काबुल विमानस्थलमा छाडेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै