बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सुनसरीका स्थानीय तह मध्ये धरान, रामधुनी र बर्जुमा सबैभन्दा बढी बेरुजु कुनमा कति

 १५ भाद्र २०७८, मंगलवार  

सुनसरी। सुनसरी जिल्लाका १२ स्थानीय तहमध्ये धरान उपमहानगरपालिका, रामधुनी नगरपालिका र बर्जु गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ ।

महालेखा परिक्षकको हालै सार्वजनिक ५८ औं बार्षिक प्रतिवेदन २०७८ अनुसार जिल्लामा रहेको दुई उपमहानगरपालिका मध्ये धरान उपमहानगरपालिकामा सबैभन्दा कुल लेखा परिक्षण गरिएको रकम मध्ये बढी ३ दशमलब ३३ प्रतिसत रकम बेरुजु देखिएको हो । त्यहाँ कुल ३ अर्व ६८ करोड ७५ लाख ३० हजार बजेटको लेखा परिक्षण गरिदा १२ करोड २६ लाख ६४ हजार रुपैया बेरुजु देखिएको हो ।

यसैगरी जिल्लामा रहेका चार नगरपालिका मध्ये रामधुनी नगरपालिकाका सबैभन्दा बढी बेरुजु देखिएको छ । त्यहाँ लेखा परिक्षण गरिएको कुल रकम मध्ये ४ दशमलब ५६ प्रतिसत रकम बेरुजु देखिएको छ । त्यहाँ कुल १ अर्व ५८ करोड २ लाख २८ हजार बजेटको लेखा परिक्षण गरिदा ७ करोड २० लाख ८५ हजार रुपैया बेरुजु देखिएको हो ।

त्यसैगरी गाउँपालिका मध्ये बर्जु गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । त्यहाँ लेखा परिक्षण गरिएको कुल बजेट मध्ये ६ दशमलब ६५ प्रतिसत बेरुजु देखिएको छ । त्यहाँ कुल ८६ करोड ८९ लाख ६७ हजार बजेटको लेखा परिक्षण गरिदा ५ करोड ४३ लाख ७ हजार रुपैया बेरुजु देखिएको हो ।

यसैगरि दुहवी नगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । त्यहाँ लेखा परिक्षण गरिएको कुल बजेट मध्ये ३ दशमलब ७३ प्रतिसत बेरुजु देखिएको छ । त्यहाँ कुल १ अर्व ५४ करोड ३९ लाख ४१ हजार बजेटको लेखा परिक्षण गरिदा ५ करोड ७६ लाख ४८ हजार रुपैया बेरुजु देखिएको हो ।

त्यसपछि इटहरी उपमहानगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । त्यहाँ लेखा परिक्षण गरिएको कुल बजेट मध्ये ३ दशमलब २८ प्रतिसत बेरुजु देखिएको छ । त्यहाँ कुल ३ अर्व ३९ करोड ८२ लाख ५९ हजार बजेटको लेखा परिक्षण गरिदा ११ करोड १४ लाख ३१ हजार रुपैया बेरुजु देखिएको हो ।

यसैगरी हरिनगर गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । त्यहाँ लेखा परिक्षण गरिएको कुल बजेट मध्ये २ दशमलब ९१ प्रतिसत बेरुजु देखिएको छ । त्यहाँ कुल ९८ करोड ८४ लाख ८४ हजार बजेटको लेखा परिक्षण गरिदा २ करोड १६ लाख २० हजार रुपैया बेरुजु देखिएको हो ।

त्यसपछि सदरमुकाम रहेको इनरुवा नगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । त्यहाँ लेखा परिक्षण गरिएको कुल बजेट मध्ये १ दशमलब ५७ प्रतिसत बेरुजु देखिएको छ । त्यहाँ कुल १ अर्व ८३ करोड ७७ लाख ३३ हजार बजेटको लेखा परिक्षण गरिदा २ करोड ८७ लाख ८४ हजार रुपैया बेरुजु देखिएको हो ।

इनरुवापछि सबैभन्दा बढी बेरुजु बराहक्षेत्र नगरपालिकामा देखिएको छ । त्यहाँ लेखा परिक्षण गरिएको कुल बजेट मध्ये १ दशमलब १७ प्रतिसत बेरुजु देखिएको छ । त्यहाँ कुल २ अर्व २५ करोड ५७ लाख ४३ हजार बजेटको लेखा परिक्षण गरिदा २ करोड ६४ लाख ९४ हजार रुपैया बेरुजु देखिएको हो ।

त्यसपछि देवानगञ्ज गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । त्यहाँ लेखा परिक्षण गरिएको कुल बजेट मध्ये १ दशमलब ०८ प्रतिसत बेरुजु देखिएको छ । त्यहाँ कुल ९२ करोड ७० लाख ५२ हजार बजेटको लेखा परिक्षण गरिदा १ करोड १८ हजार रुपैया बेरुजु देखिएको हो ।

देवानगञ्जपछि सबैभन्दा बढी बेरुजु देखिने स्थानीय तहमा कोशी गाउँपालिका रहेको छ । त्यहाँ लेखा परिक्षण गरिएको कुल बजेट मध्ये ० दशमलब ८६ प्रतिसत बेरुजु देखिएको छ । त्यहाँ कुल १ अर्व २३ लाख ६१ हजार बजेटको लेखा परिक्षण गरिदा ८६ लाख ५४ हजार रुपैया बेरुजु देखिएको हो।

त्यसपछि भोक्राहा नरसिंह गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । त्यहाँ लेखा परिक्षण गरिएको कुल बजेट मध्ये ० दशमलब ७७ प्रतिसत बेरुजु देखिएको छ । त्यहाँ कुल १ अर्व ७९ लाख ४४ हजार बजेटको लेखा परिक्षण गरिदा २७ लाख ३५ हजार रुपैया बेरुजु देखिएको हो ।

जिल्लामा सबैभन्दा कम बेरुजु रहेको स्थानीय तहमा भने गढी गाउँपालिका देखिएको छ । त्यहाँ लेखा परिक्षण गरिएको कुल बजेट मध्ये ० दशमलब ७१ प्रतिसत बेरुजु देखिएको छ । त्यहाँ कुल ९४ करोड १४ लाख ४० हजार बजेटको लेखा परिक्षण गरिदा ६६ लाख ८७ हजार रुपैया बेरुजु देखिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै