सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

सर्लाहीमा वडाध्यक्षविरूद्ध बलात्कार प्रयासको उजुरी

 १५ भाद्र २०७८, मंगलवार  

जनकपुरधाम । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-७ का वडाध्यक्ष श्यामकुमार यादवविरुद्ध बलात्कार प्रयासको उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार यादवविरुद्ध उनकै छिमेकीले उजुरी दिएकी हुन् ।

उजुरी आएपछि अनुसन्धान प्रक्रियालाई अगाडि बढाइएको उनले बताए ।

भदौ ५ गते राति वडाध्यक्ष यादव आफ्नो घरमा प्रवेश गरी बलात्कार प्रयास गरेको महिलाले उजुरीमा उल्लेख गरेको प्रहरीले बताएको छ ।

उजुरीपछि वडाध्यक्ष यादव सम्पर्कविहीन रहेका र खोजी भइरहेको प्रहरी निरीक्षक गिरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै