बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवालय जनकपुरधाममा स्थापना

 १५ भाद्र २०७८, मंगलवार  

जनकपुरधाम। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो केन्द्रीय सचिवालय जनकपुरधाममा स्थापना गरेको छ ।

अन्य दलले आफ्नो सचिवालय संघीय राजधानी काठमाडौंमै राख्ने गरेका भए पनि राउतले भने पार्टीको केन्द्रीय सचिवालय जनकपुरधाममा राखेका हुन् ।

मंगलबार एक कार्यक्रमकाबीच अध्यक्ष राउतले सचिवालयको उद्घाटन गरेका छन् । जनकपुरधामको भानुचोकमा रहेको सचिवालय कार्यालयको उद्घाटन गर्दै उनले अधिकार स्थापित गर्ने पहिलो खुड्किलोको रुपमा जनकपुरधाममै केन्द्रीय सचिवालय स्थापना गरिएको बताए ।

स्वराजको आन्दोलनको क्रममा ज्यान गुमाएका राममनोहर यादवको स्मरण गर्दै सचिवालय स्थापना गरिएको जनमत पार्टीले जनाएको छ ।

यादवलाई शहीद भन्दै अध्यक्ष राउतले उनको सपनालाई साकार पार्नका लागि संघर्षलाई जारी राख्ने बताए । पार्टी कार्यालय उद्घाटनपछि कार्यालय प्राङगणमा पार्टीको झण्डोत्तोलन समेत गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै