पटकपटक बैठक बस्दापनि निष्कर्षको टुंगो लाग्दैनन
न्युज डेस्क
१५ भाद्र २०७८, मंगलवार

काठमाडौं। मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।
आज मंगलबार बिहान बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र दलहरूले पाउने मन्त्रालयबारे टुङ्गो लगाउने बारे छलफल भए पनि निर्णय नभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा आबद्ध दलहरुबीच फेरि छलफल हुने बताइएको छ । तर अर्को बैठकको समय भने तोकिसकिएको छैन ।
गठबन्धनमा रहेका दलहरुबीच शुक्रबार यता दिनहुँ जसो छलफल भइरहे पनि मन्त्रालय भागबन्डामा कुरा मिलेको छैन । गएको असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले डेढ महिनामा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै