बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

अमेरिकन पेस्तोल सहित बाराबाट दुईजना युवा पक्राउ

 १५ भाद्र २०७८, मंगलवार  

जनकपुरधाम। बाराको सिम्रौनगढ नगरपालिका–६ मा रहेको विद्यायक होटलबाट प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिम्रौनगढ–४ घर भएका ३५ वर्षीय राजेश प्रसाद यादब र २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहा रहेका छन् ।

आरोपीहरुको साथबाट एउटा अमेरिकन पेस्तोल र दुईथान म्याग्जिन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।

प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले मंगलबार ‘मेडइन युएसए–७७७७०’ नम्बर लेखिएको पेस्तोल बरामद गरेका हुन् ।

अरोपीहरुले सो पेस्तोल किन र कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै