बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सुनसरीमा भाइरल भयो हुलाकी सडक

 १५ भाद्र २०७८, मंगलवार  

अजमल अन्सारी
भदौ १५, सुनसरी। सुनसरीमा अहिले एउटा हुलाकी सडक भाइरल बनेको छ। भोक्राहाको फुलचाैक देखि बिराटनगरसम्म जोड्ने २६ किलोमीटर हुलाकी सडक पिच भएको धेरै भएको छैन, यातायातमा सहजताका लागि बाटोलाई पिच गरिएपनि पर्यटकीयस्थल जस्तै बनेको छ।


यातायातहरुलाई बिराटनगर जानको लागि कोशी, भोक्राहा इनरुवा, इटहरी र दुहबी हुदै बिराटनगर जान लामो यात्रा गर्नु परेकोले यातायातमा सहजताका लागि भोक्राहा, हरिनगर र बर्जु हुदै बिराटनगर पुग्नका लागि छोटो बनोस् भनेर खेतको बीचबाट हुलाकी सडक निर्माण गरेको छ। सडक निर्माण भएसँगै मान्छेहरुको आकर्षण बढेको छ।

सडकमा अत्यावश्यक तथा सवारी साधन चल्नका लागि छोटो बनोस् भनेर खेतको बीचबाट भएको हुलाकी सडकको निर्माण गरिएको तर मानिसहरूको पर्यटकीय गन्तव्य पो बन्यो त,’ भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष हातिम अन्सारीले भने, ‘यो सडक बनेदेखि दिनहुँ मानिस आएर तस्बिर खिचाउने, टिकटक बनाउने र नाच्ने गर्छन् , अलिकति दुर्घटना होला भन्ने पनि डर छ।’

भोक्राहा नरसिंह गाउँपालिको घिर्नी पुल स्थितरको तस्बिर चाैतर्फी भाइरल बनेको छ। सडकमा दैनिक मानिसको भिड हुन्छ। यो सकडमा आवतजावत गर्ने सवारी साधन भनेको टिकटक, भिडियो सुटिङ र घुमफिरका लागि पुग्नेहरू त्यहाँ भेटिन्छन्। यो सडक खेतको बीचबाट बनेको छ, खेतमा हुर्किँदै गरेको धानबाली र सडकबाट पहाड हेराईका कारण यो सडक आकर्षक देखिने गरेको र बेलुकाको समयमा अझ आकर्षक देखिन्छ। त्यहाँ पुगेका मानिसहरूले सडकमा खिचिएका तस्बिर, भिडिओहरू सामाजिक सञ्जालमा राख्न थालेपछि त्यहाँ पुग्ने मानिसको भिड लाग्न थालेको हो। पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य पनि थपिएको महसुस भएको छ।’ मान्छेहरु तस्बिर भिडियाे लागी बढी मात्रामा आउन थालेपछि सडकको छेउछाउमा होटेल, पसलहरु धमाधम खुल्न थालेको छ।

बाटोमा मानिसको भिड धेरै हुने भएकाले सवारी साधनले ठक्कर दिन सक्ने जोखिम भएको वडा अध्यक्ष अन्सारीले बताउनुभयो । ‘त्यहाँ आउनेहरू फोटो खिच्दा, टिकटक बनाउँदा गाडीहरू हिँडेको मतलबै गर्नु हुँदैन, यस्तो बेलामा कतै ठोक्कियो भने त धेरै ठुलो समस्या सिर्जना हुन् सक्छन् भन्ने उनले भने ।

 

फुलचाैक – बिराटनगर हुलाकी सडकमा भोक्राहा नरसिंह गाउँपालिका वडा न- ७ र हरिनगर गाउँपालिका जोडने ठाँउमा पर्ने नव निर्मित सुनसरी खोलापुलको हेराइ र सडकको टर्निङको छेउमा मन्दिरको हेराइ अझ सुन्दर देखिन्छ। यसैगरी सडकको छेउछाउमा पिलर र रुखको हेराइले गर्दा उक्तसडक पर्यटकीय गन्तव्य बन्न सकिने अनुमान गर्न सकिन्छ। तर सोही स्थानमा सडक एकदमै माेडिएकोले दुर्घटनाको सम्भावनापनि उत्तिकै रहेको छ।

यो सडक भोक्राहा नरसिंह गाउँपालिकामा मात्रै नभइ बर्जु गाउँपालिकामा समेत भाइरल बनेको छ। बर्जु गाउँपालिका -६ स्थितमा नेपालकै नमुना बर्जु ताल यसैसडकको छेउमा पर्दछ र सोही सडकको छेउमा मन्दिरको दृश्यले अझ सडकको हेर्ने दृश्य रमाइलो देखिन्छ। यतिमात्रै नभइ सोही सडकबाट पुर्वमा रहेको सुगर मिल मज्जा हेर्न सकिन्छ।

सोही सडकमा घिर्नीपुल स्थितबाट आठ सय मिटर पश्चिममा सिधा आएर बाटोलाई एकदमै उत्तर तिर मोडिएकोले दुर्घटनाको भव बनेको छ। सोही स्थानमा मात्रै दुईवटा गम्भीर दुर्घटना भइसेको छ , दुइ साता अघि बिराटनगरमा उपचार सकिएर कोशी गाउँपालिका निवासी घर आउने क्रममा सात बजे बेलुकाको समयमा सिमित गतिमा गइरहेको बेला बाटो सिधा हुन्छ भनेर गाडी अनियंत्रित भइ सिधै सनपाठ खेतमा दुर्घटना भएको थियो। सोही बाटोमा भोक्राहा नरसिंह गाउँपालिका वडा न- ८ मा रहेको कबरिस्तान स्थितमा समेत त्यस्तै अचम्म तरिकाको मोड बनाएको छ। कतिबेला दुर्घटना हुन्छ भन्न सकिन्न।

एकमहिना अघि टिकटक हेर्ने क्रममै भाइरल सडकको बारेमा थाहा पाएका बक्रईद पर्वको अवसरमा पहिलोपटक उक्त सडकमा पुगेको र टिकटक बनाउने क्रममा माेटरसाइकलबाट दुर्घटना भएर घाइते भएका उपचारको क्रममा मृत्यु भएको थियो। यहाँ सडक निर्माण भएपनि सोहीबाटोको अन्य ठाँउमा सडक निर्माण अवस्थामा रहेकोले बाटोको उद्घाटन समेत नभएको तर बाटो संचालनमा आएको छ, बाटो संचालन भएपछि हाल सम्म चारपटक जोखिमपुर्ण दुर्घटना भइसकेको छ ।

 

सडकमा मानिसको भिडभाड बढ्न थालेपछि रेखदेखका लागि प्रहरीलाई आग्रह गर्नुपर्ने अवस्था देखिन्छ । ‘मानिसको घुइँचो लाग्छ, भोलि झै-झगडा पनि हुन सक्छ,‘यसका लागि ट्राफिक तथा अन्य सुरक्षाका लागि सरोकारवालालाई ध्यानाकर्षण हुन् जरुरी देखिन्छ। वडा अध्यक्ष अन्सारीले भने, यसका सुरक्षाका लागि ट्राफिक प्रहरीसंग समन्वय गरिरहेको बताउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै