बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

२० वर्षपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता

 १५ भाद्र २०७८, मंगलवार  

एजेन्सी। बीस वर्षपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएका छन्। अफगानिस्तानमा बाँकी रहेका केही सेना पनि सोमबार रातिसम्म सबै फिर्ता गएका बताएको छ। केही दिनदेखि अमेरिकाले सेना फिर्ता गर्ने प्रक्रिया शुरु गरिसकेको थियो। तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्ना सेना फिर्ता गर्न थालेको हो।

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि सोमबार रातिसम्ममा आफ्नो सेना पूर्णरूपमा फिर्ता गरेको जनाएको छ। हाल अफगानिस्तानको राजधानी काबुलमा रहेका एक अमेरिकी सैन्य कमान्डरले अमेरिकी सेनाको अन्तिम लट सोमबार स्वदेश फर्किएको जानकारी दिए। सोमबार साँझ अमेरिकी रक्षा मन्त्रालयका तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा सैनिक जर्नेल केनेथ म्याक केन्जीले सो कुराको जानकारी दिएका हुन्। सो पत्रकार सम्मेलनमा उनले भने, ‘म यो कुरा अहिले घोषणा गर्न चाहन्छु कि अफगानिस्तानमा रहेका हाम्रा सैनिकहरु र अमेरिकी नागरिक आजसम्ममा सबैजना त्यहाँबाट फर्किसकेका छन्।’ काबुलमा रहेका अमेरिकी राजदूत रस विल्सन पनि त्यहाँ रहेका अमेरिकीको अन्तिम उद्धार उडानका लागि खटिरहेको बताइएको छ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ती अभियानमा खटेका अमेरिकी सेनाका कमाण्डर र अन्य अधिकारीले पछिल्ला केही सातामा मात्र कम्तीमा पनि ८० हजार जना जति विदेशीले देश छोडेका बताइएको छ। जर्नेल मकेन्जीले भने, ‘हमिद कारजाइ अन्तराष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टीन विमान उडेको छ। योसँगै हाम्रो सैन्य उद्धारको काम पनि सकिएको छ। करिब २० वर्षदेखिको अमेरिकाको अफगानिस्तान मिसन पनि यसैसाथ समाप्त भएको छ।’

अमेरिकाले सन् २००१ को सेप्टेम्बर ११ लगत्तै अफगानिस्तान मिसन शुरु गरेको थियो। अमेरिकी ट्वीन टावरमा हमला गरेको अल कायदा नामक एक आतंककारी संगठनका प्रमुख ओसामा विन लादेनको खोजीका लागि भन्दै अमेरिकाको सो मिसन शुरु भएको थियो। यस दुई दशकको अवधिमा २४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै