बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

हंशपुर नगरका फरार मेयर जब आफैं आए अदालतमा

 १६ भाद्र २०७८, बुधबार  

जनकपुर । धनुषाको हंशपुर नगरपालिकाका फरार मेयर रामाज्ञान मण्डल मंगलबार अदालतमा हाजिर भएका छन् ।

विगत २ वर्ष अगाडि नगरपालिकाको केन्द्र सार्ने विषयमा भएको झडपमा परि स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको उपचारको क्रममा १८ भदौ २०७७ मा मृत्यु भएको थियो। सो घटना पश्चात फरार रहेका मेयर मण्डल लामो समयबाद अदालतमा हाजिर भएका हुन् ।

घटनामा उनी लगायतका व्यक्तिहरुको हात रहेको भन्दै उजुरी परेयता प्रहरीको फरार सूचीमा रहेका मण्डल मंगलवार जिल्ला अदालतमा आफै हाजिर भएको श्रोतले जनाएको छ ।

२ वर्ष अगाडि के भयो ?
२०७६ साउन २१ गते नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच झडप भएको थियो। झडपमा घाइते भएका स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको उपचारको क्रममा गत भदौ १८ गते मृत्यु भएको थियो। सो घटनामा पीडित परिवारले मेयरसहित वडा नम्बर ३ का अध्यक्ष उदय सिंह, वडा सदस्य श्याम राउत र वडा नम्बर ४ का लालबाबु यादवविरुद्ध किटानी जाहेरी दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै