बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सुनसरीमा भयावह दुर्घटना, १७ जनाको ज्यान जोखिममा

 १६ भाद्र २०७८, बुधबार  

सुनसरी। सुनसरीको बर्जु गाउपालिका ५ मा ट्याक्टरबाट दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

श्रीकृष्ण जन्म अष्टमी पुजामा बिसर्जन गरि मुर्तिलाई बुढीखोलामा भसाएर फर्कने क्रममा बर्जु गाउँपलिका स्थित रहेको दुर्गा मन्दिर चौकमा ट्याक्टरको दुर्घटना भएको हो।

तीब्र गतिमा रहेको ट्याक्टर पुर्वबाट पश्चिम् तर्फ जादै गरेको एक्कासि उत्तर तर्फ मोड्ने क्रममा ट्याक्टरको पछाडिको टाेली पल्टिएको हो ।

टाेली पल्टिदा १७ जना घाइते भएका छन् भने त्यस मध्येका ८ जनाको अवस्था निकैनै गम्भीर रहेको ईलाका प्रहरी कार्यालय सितागंजले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । हाल उनीहरुको उपचार कोशी अस्पताल बिराटनगरमा भइ रहेको पारिवारिक श्रोतले जनाएको छ।

स्थानीयका अनुसार गाउँपालिकाको मुख्य चाैकमा ट्राफिक प्रहरीको व्यवस्था छैन, ठुलाठुला गाडी मात्रै होईन सानो गाडी माेटरसाइकल, यात्रु गाडी समेत यहाँ तीब्र गतिको कारण दुर्घटना हुदै आएको देखिन्छ भने अझै ट्राफिक प्रहरीको व्यवस्था हुन् सकेको छैन।

स्थानीयले भने, जबसम्म उक्त चोकमा ट्राफिक प्रहरीको व्यवस्था मिलाउदैन भने तबसम्म यहाँ दुर्घटना हुँदै रहन्छ। उनीहरुले भने, सडक विभागमा सुरक्षाको निम्ति ट्राफिक प्रहरीको महत्त्वपूर्ण योगदान रहेकोले, दुर्घटनाको न्यूनीकरणका लागि बेलाबेलामा विभिन्न जनचेतना कार्यक्रमहरु गरेकोले चालकहरुले विभिन्न सिकहरु सिक्न सकिन्छ र दुर्घटनाबाट जोगिन सकिन्छ भन्ने विश्वास व्यक्त गरेका थिए।

सोही गाउँपालिकाको उक्त चोकमा पटक पटक दुर्घटना हुदै आएको देखिन्छ। यहाँ पटक पटक दुर्घटना किन र कसरी हुन्छ भन्ने प्रश्नको जवाफ खोजी गर्नुपर्ने अवस्था आएको देखिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै