सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

सप्तकोसीको धार परिर्वतन , २४ सय परिवार प्रभावित

 १६ भाद्र २०७८, बुधबार  

सुनसरी। बर्खायाम सुरु भएर सहायक नदीमा पानीको बहाव बढेसँगै देशकै ठूलो सप्तकोसी नदीले आफ्नो नियमित बहावभन्दा धार परिवर्तन गरेर बग्न थालेको छ ।

पानीको बहाव बढेपछि सप्तकोसी नदी ३ सय मिटर पश्चिमबाट बग्न थालेको हो । सप्तकोसीले यसरी आफ्नो धार परिर्वतन गर्नु नियमित चक्रजस्तै हो । वर्षेनी सप्तकोसीले बाढीपछि पानीको बहाव कम हुँदै जाँदा नियमित धारभन्दा अन्यत्रबाट तिव्र कटान गरी बग्ने गरेको छ ।

प्रदेश १ को सुनसरी र उदयपुरमा सप्तकोसीको धार परिवर्तन हुँदा प्रभाव पर्ने गरेको छ । साविकभन्दा ३ सय मिटर पश्चिमबाट बग्ने गरेकाले अहिले उदयपुर जिल्लाका विभिन्न ठाउँहरु प्रभावित बनेका छन् ।

जिल्लाको बेलका नगरपालिकाका नदी तटीय क्षेत्रका रहेका वडा नम्बर २, ३, ८ र ९ लाई बढी असर परेको छ । सप्तकोसीले तिव्र कटान गर्दा यस क्षेत्रका झण्डै दुई हजार चार सयभन्दा बढी परिवारलाई असर परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

सो क्षेत्रमा बाढीले अधिक क्षति पुर्याउनसक्ने भन्दै अन्यत्र सार्न थालिएको उनले बताए। विशेषतः डम्रीबोट, सोमबारे, मसानघाट, रामनगर, धौरी, एबीसी र श्रीलङ्का टप्पुमा बस्ने स्थानीयलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको हो । अहिले सप्तकोसीको बहाव परिर्वतन भएकाले पूर्वतर्फको बाँध मर्मतसम्भारको कामले गति लिएपनि पश्चिमतर्फ भने धार परिर्वतनले बाँध र्ममतसम्भारले गति लिन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै