बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

देशमा जनताले सकारात्मक परिवर्तन चाहन्छन् तर त्यसको लागि नेतालाई निति र भिजन बुझ्नुपर्छ : सलामत राईन

 १७ भाद्र २०७८, बिहीबार  

जनकपुर । देशमा जनताले सकारात्मक परिवर्तन चाहन्छन् । देशको रूपान्तरण गर्नका लागि सरकारमा गएका तिनवटै तहका नेताले जनताको कुरा बुझ्नुपर्छ। देश र जनतालाई घात नहुने कार्ययोजना, निति र भिजन हुन आवस्यक देखिन्छ। जनता पावर अन्तर्वार्तामा धनुषा चेम्बर अफ कमर्सका उपाध्यक्ष सलामत राईनले बताएका छन् ।

देशलाई विकसित बनाउन र सकारात्मक रुपान्तरण गर्न तिनवटै तहका सरकारले जनताको कुरालाई ध्यानमा राखेर देशमा बढी देखापरेका समस्यालाई समाधान गर्नुपर्ने हुन्छ। साथै उनलेे भने “हाम्रो देशमा गरिबीको तथ्यांक सरकारले निकालेको भन्दा बढी छ। गरिबीको मापन पेपरमा होइन बल्की त्यस्ता बस्तीमा घुमेर हेरौं अवलोकन गरौं अनि थाहा हुन्छ। जनताले सधैँ साथ दिए, समर्थन गरे र विभिन्न पार्टीलाई पालैपालो विश्वास गरेर देशमा शान्ति, सुव्यवस्था र सामाजिक परिवर्तनका लागि सत्तामा पठाए। तर सत्तामा पुगेपछि एकाएक जनताको लागि केही गर्छु भनेर सत्ता पाएका दल र पदमा बसेका नेताहरु अहिलेसम्म सोच्नु भएका छैन।”

पटक पटक भएका आन्दोलनमा साथ दिँदै गरेका नेपाली जनता आज देशै सङ्कटमा परेको छ। यो असहज परिस्थितिमा सिर्जना दलहरुले नै गरेका छन् । अब जनता सचेत भइसकेका छन् । हाल देशमा नागरिक समाज, बुद्घिजीवी, शिक्षक, कर्मचारी, किसान, पत्रकार लोकतन्त्रमाथि नै सङ्कट भएको महसुस गरी सडकमा ओर्लिइसकेका छन् । यति मात्र कहाँ हो र ? जनता पनि त्यसको जिम्मेवार हुन्। कुनैपनि देशको राजनीति त्यही देशको समाजको सोचाइ र दृष्टिकोणको उपज हो। अर्थात्, समाजले जस्तो चरित्र देखाउँछ त्यस्तै राजनीतिक नेतृत्व चयन गर्छ। जनताले चुनेका प्रतिनिधि नै जनप्रतिनिधिको रुपमा काम गर्छन। साथै उनीहरुले नै राजनीति प्रणाली बनाउँछन्। देश हाँक्ने, बनाउने वा बिगार्ने जिम्मा पनि उनीहरु कै हुन्छ।

“देश वा समाज विकास गर्न भिजन हुनु पर्छ। विकासका योजना छनौटदेखि लागु गर्दासम्म निष्पक्ष र इमान्दार हुनु पर्छ। देश र समाजलाई संस्कार र मर्यादासहित आधुनिक युगमा डोर्‍याउने र पुस्तामा यो देशको रूपान्तरण गर्नका लागि आवश्यक पर्ने गुणहरू हाम्रो नेतृत्वमा छ ।र पुस्तामा यो देशको रूपान्तरण गर्नका लागि आवश्यक पर्ने गुणहरू हाम्रो नेतृत्वमा छ ।देश र समाजलाई संस्कार र मर्यादासहित आधुनिक युगमा डोर्‍याउने र पुस्तामा यो देशको रूपान्तरण गर्नका लागि आवश्यक पर्ने गुणहरू हाम्रो नेतृत्वमा छ । र पुस्तामा यो देशको रूपान्तरण गर्नका लागि आवश्यक पर्ने गुणहरू हाम्रो नेतृत्वमा छ । राम्रो र नराम्रो छुट्टाउन सक्नु र त्यही अनुसार आचरण गर्नु हो। यी कुराहरु नेताको हकमा मात्रै लागु हुने कुरा हैन, आम जनतामा पनि लागु हुने कुरा हुन्। अब समृद्धि र विकासका लागि सोच र व्यवहारमा आमूल परिवर्तनको खाँचो छ।” अन्तर्वार्तामा उपाध्यक्ष राईनले देश र जनताको अवस्था साथै समाज, राजनीति र गरिबीको बारेमा समेत आफ्नो विचार दिदै सुधारतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै