काठमाडाैँ उपत्यकाको हट्यो निषेधाज्ञा
न्युज डेस्क
१७ भाद्र २०७८, बिहीबार

काठमाडौं। कोभिड १९ को संक्रमण रोक्नका लागि काठमाडाैँ उपत्यकामा लगाइएको निषेज्ञाधा हटाइएको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले भोलिदेखि लागू हुने गरी निषेधाज्ञा हटाउने आदेश जारी गरेको हो । नयाँ आदेश अनुसार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वयनमा विद्यालयहरु सञ्चालन गर्न सकिने जनाइएकाे छ ।
यसैगरी भिडभाड नगर्न, जात्रा, महोत्सव तथा भोज आयोजना नगर्न, चाडपर्वहरु सांकेतिक रुपमा मात्र मनाउन समेत भनिएकाे छ । स्वास्थ्यका मापदण्डहरु पालना नगरेमा कारबाही गर्ने जनाइएकाे छ ।
काेराेना संक्रमण बढेको पाइएमा आदेशमा भएका व्यवस्थाहरु पुनरावलोकन गर्न सकिने पनि सूचनामा उल्लेख गरिएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै