बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

अस्पतालमा बिरामी पुर्‍याउँदै कमिसन बुझेको आरोपमा इनरुवा सहितका पाँच ‘बिचौलिया’ पक्राउ

 १७ भाद्र २०७८, बिहीबार  

सुनसरी। प्रहरीले विराटनगरबाट पाँच जनालाई पक्राउ गरेको छ। बिचौलियाको कारोबार गरेको आरोपमा प्रहरीले बुधबार विराटनगरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पकेराउ पर्नेमा विराटनगर-८ का २१ वर्षीय सुनिल राय, २२ वर्षीय रोहित साह, इनरुवा-१ सुनसरीका २० वर्षीय विनोद मेहता र सप्तरी राजविराज-९ का २३ वर्षीय सारन्सकुमार चौधरी छन्।

विराटनगरका अस्पतालहरूमा आउने विरामी तथा आफन्तलाई आफ्नो सम्पर्कमा रहेका अस्पतालमा पुर्‍याएर बिचौलियाको काम गरेको आरोप उनीहरूलाई छ।

प्रहरीका अनुसार उनीहरू अस्पतालहरूमा पुग्ने गर्थे। त्यहाँ आफन्त तथा विरामीलाई भेटेर यहाँ राम्रो डाक्टर छैनन्, उपचार राम्रो छैन, औषधी राम्रो छैन भनी अफवाह फैलाउने गर्थे।

त्यसरी अफवाह फैलाएर उनीहरूले आफ्नो सम्पर्कमा रहेका अस्पताल, क्लिनिक तथा फार्मेसीमा पुर्‍याउने गर्थे।

यसरी विरामी पुर्‍याएवापत् अस्पताल तथा क्लिनिकले उनीहरूलाई ‘कमिसन’ दिएर खटाउने गरेको पाइएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।

‘आफ्नो सम्पर्कमा रहेका फार्मेसीमा पुर्‍याएर औषधीसमेत खरिद गर्न बाध्य पार्ने गरेको गुनासोका आधारमा उनीहरूलाई पक्राउ गरी कारबाही थालिएको छ,’ जिसीले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै