बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेपाल र भारतबीचकाे खेलको टिकट मुल्य

 १७ भाद्र २०७८, बिहीबार  

जनकपुरधाम। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलको टिकट मुल्य ताेकेकाे छ । एन्फाले टिकट बिक्रीका लागि प्रभु पेसँग सम्झौता गर्दै टिकट दर तोकेको हो ।

एन्फाले भीआईपीतर्फको टिकटदर २ हजार तथा सामान्य तर्फको टिकट दर १ हजार तोकेको छ । एन्फाले बिहीबार र आइतबार हुने खेल हेर्न कोभिड खोप लगाएका र पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ ।

नेपाल सरकारको स्वीकृतसँगै एन्फाले ५ हजार १ सय टिकट बिक्री गर्ने भएको हो । नेपाल र भारत दुवैले आगामी अक्टोबरमा माल्दिभ्सको मालेमा हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै